उर्लाबारी । मोरङ जिल्ला फुटबल संघको अध्यक्षमा पूर्व राष्ट्रिय खेलाडी सन्जिव बुढाथोकी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
विराटनगरमा आइतबार सम्पन्न साधारण सभामार्फत बुढाथोकीको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन भएको हो । उपाध्यक्षमा दिपेन्द्र तिवारी, भुपाल श्रेष्ठ र धनकुमार लामा रहनुभएको छ । सदस्यहरुमा बसन्तराज अर्याल, राजेशकुमार व्यञ्जनकार, खगेन्द्र थेवे, दिपेन्द्र धिमाल, विशाल तामाङ, इन्द्र राई, इन्द्रमणी पोखरेल, शेखर कार्की, उद्धव अर्याल र सचिन घिमिरे रहनुभएको छ भने महिला सदस्यमा कौशिला लिम्बु रहनु भएको छ ।
को हुन् अध्यक्ष बुढाथोकी ?
४३ वर्षीय अध्यक्ष बुढाथोकी मोरङको उर्लाबारी नगरपालिका–२ मङ्गलबारेका हुनुहुन्छ । बुढाथोकीले व्यवसायिक रूपमा २०५९ सालबाट खेल जीवन अघि बढाउनुभएको थियो । उहाँले ए–डिभिजन खेल्नेक्रममा २०५९ बाट ०६२ सालसम्म न्युरोड टिम (एनआरटी)मा बिताउनुभयो । तीनवर्षको समयपछि उहाँले २०६८ सालसम्म अर्को चार वर्ष थ्री स्टारमा आबद्ध हुनुभयो । उहाँले थ्री स्टार क्लबको क्याप्टेनको जिम्मेवारीसमेत बहन गर्नुभयो । त्यसपछि उहाँ रानीपोखरी कर्नर टिम (आरसिटी)मा जोडिए । उहाँले २०६७ मा विश्वकप छनोटका क्रममा ओमनविरुद्ध होम एन्ड अवे खेल्नुभएको थियो । ए–डिभिजनपछि उहाँले आफ्नो फुटबल जीवन प्रशिक्षकतर्पm मोड्नुभयो । प्रशिक्षकतर्फ उहाँले बी लाइसेन्स लिनुभएको छ । उहाँले ए–डिभिजन क्लब हिमालयन शेर्पा, चर्च ब्वाइज, मोरङ फुटबल क्लब, विराटनगर महानगरपालिकाको टोलीलगायतलाई प्रशिक्षण दिइसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय