उर्लाबारी । तेस्रो मिस उर्लाबारीको उपाधि मिक्लाजुङकी दिया दाहालले जित्नु भएको छ ।
होटल ग्रान्डमा आज राती सम्पन्न फाइनल राउण्डका १७ जनालाई पछि पार्दै दाहालले उपाधि जित्नु भएको हो । उपाधिसँगै दाहालले पचास हजार नगद पाउनुभयो । त्यस्तै, फष्ट रनरअप उर्लाबारी–६ की ज्वाला लिम्बू हुनुभयो । उहाँले नगद तीस हजार जित्नुभयो । त्यस्तै, सेकेन्ड रनरअप उर्लाबारी–७ की अंकिता कटवाल हुनुभयो । उहाँले नगद बीस हजार पाउनुभयो । समापन कार्यक्रममा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको थियो । मिस उर्लाबारीको आयोजना सेन्ट्रल फेशन हब, उर्लाबारी तथा बिशेष सहयोग उर्लाबारी नगरपालिकाको रहेको थियो । यस अघि २०१३ मा नेमिता आङ्गबुहाङ्ग र २०१८ मा रुशाली केसीले मिस उर्लाबारीको ताज जित्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय