
उर्लाबारी । तेस्रो मिस उर्लाबारीको फाइनल भोली हुँदैछ । होटल ग्रान्डमा चैत्र २८ गते सोमबार साँझ आयोजना हुने नेपालआइस मिस उर्लाबारीको तेस्रो संस्करणको फाइनलमा १७ जनाले प्रतिष्पर्धा गर्दैछन् ।
२० दिन बन्द प्रशिक्षण भएको थियो । सो क्रममा व्यक्तित्व विकास, फेशन, ¥याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास सम्बन्धि प्रशिक्षण दिएको आयोजकका अध्यक्ष जीवन चिमरियाले जानकारी दिनुभयो । बिजेताले पचास हजार नगद , फष्ट रनरअपले तीस हजार नगद र सेकेन्ड रनरअपले बीस हजार नगदसहित बिभिन्न पुरस्कारको व्यवस्था गरिएको छ । मिस उर्लाबारीमा कुमकुम चौधरी, प्रमिषा धिमाल, विधा दाहाल , दिया दाहाल, शाकिरा कार्की , सुस्मिता खत्री, निहारिका भट्टराई, आस्था भट्टराई , अभिशा रिमाल, अंकिता कटवाल, ज्वाला लिम्बु , मनिषा थापा, सोफिया लिम्बु, अंकिता बरुवाल ,नेलिना कट्टेल, चंचल शाह र निशा धिमाल प्रतिष्पर्धामा रहेका छन् । सहभागीहरुलाई सबिना पोदारले प्रशिक्षण दिनुभएको छ । मिस उर्लाबारीको आयोजना सेन्ट्रल फेशन हब, उर्लाबारी तथा बिशेष सहयोग उर्लाबारी नगरपालिकाको रहेको छ । यस अघि २०१३ मा नेमिता आङ्गबुहाङ्ग र २०१८ मा रुशाली केसीले मिस उर्लाबारीको ताज जित्नुभएको थियो । स्थानीय युवतीहरुको प्रतिभा प्रस्फुटनको अभिप्रायले आयोजना गरिएको मिस उर्लाबारीमा प्रतिस्पर्धीहरुलाई निःशुल्क सहभागी गरिएको र आउँदो वर्षबाट नियमित आयोजना गर्ने योजना रहेको आयोजकले जनाएको छ ।