ज्योति शर्मा
दुर्गाप्रसाद भट्टराईको जन्म २०१२ असार १५ गते दहि चिउरा खाने दिन ढुङ्गे सागु ताप्लेजुङमा पिता देवीप्रसाद र आमा भागिरथा देवीको पाचौं सन्तानका रुपमा भएको थियो । उकालि ओराली लाग्ने क्रममा २०३५सालमा रितो हात मोरङ्गको उर्लाबारीमा आई स्थाई बसोबास गर्दै २०४१ साल देखी व्यवसायी पत्रकारीता पेशा अंगाल्दै आउनु भएको छ । भट्टराईबाट पत्रकारीता गरेर पनि जिविका पार्जन गर्न सकिन्छ भन्ने गतिलो उदाहरण पाइन्छ । भट्टराई कस्तै काल समयमा पनि विचलन नरहि मोरङ्ग उर्लाबारीको पत्रकार र पत्रकारिताको ईतिहा“स निकै लामो छ । देश–विदेश देखि गाउ–समाजमा हुने गरेका घटना, राजनैतिक उथलपुथल देखि समय सापेक्ष विषय वस्तुहरु लाई सर्व साधारण समक्ष्ँ पु¥याउने सम्वाहकका रुपमा अखवारलाई लिईन्छ । आज भन्दा ३७ बर्ष अघि अथवा २०४० साल देखि उर्लाबारीमा पत्रिकाको सुरुवात भएको पाईन्छ । सर्वप्रथम ऋतुवर्ण पराजुलीले सञ्चालन एवं प्रकाशन गर्नु भएको तेश्रो विश्व साप्ताहिक, सयपत्रि एसिया पोष्ट, केदार कोईराला बाट सम्पादन भएको पूर्वाञ्चल खबर साप्ताहिकको झापा,मोरङ्ग प्रतिनिधि, झापा बाट नकुल काजीको सम्पादनमा रहेको वरुण , कुमार श्रेष्ठको सम्पादनमा रहेको दैनिक कोशेली, देशान्तर साप्ताहिक लगायत पत्र–पत्रिकामा प्रतिनिधित्व गर्दै उर्लावारी निवासी दुर्गा प्रसाद भट्टराई प्रतिनिधि भएर सुरुवात भएको इतिहास जिउ“दो छ ।
उर्लावारीलाई कर्मथलो वनाई पत्रकारिता सुरु गरेका भट्टराई लाई २०४२ सालमा ऋतुवर्ण पराजुलीको तेश्रो विश्व साप्ताहिक बाट पूर्वाञ्चल प्रतिनिधि, २०४३ साल भदौ २० गते सूचना विभाग बाट तेश्रो विश्व साप्ताहिक प्रतिनिधि प्रमाणपत्र दिएको पाईन्छ । प्रमाणपत्र संख्या नम्वर १८७८प्राप्त गरि प्रतिनिधि हुदै क्रमश फेवा र न्यू पाथिभरा साप्ताहिकको सम्पादक र प्रकाशक भई हाल सम्म निरन्तरता दिई रहेको पाईन्छ । आ.व.२०५२÷०५३मा सूचना विभागमा दर्ता नं. ९७ मा दर्ताभई राष्ट्रवाट पाईने सेवा–सुविधा पाईराखेको अवस्थाछ ।
यस अघी प्रह्लाद प्रसाद शाहाको सम्पादनमा रहेको स्वतन्त्र नेपाल , केदार कोईराला बाट सम्पादन भएको पूर्वाञ्चल खबर साप्ताहिकको झापा,मोरङ्ग प्रतिनिधि, झापा बाट नकुल काजीको सम्पादनमा रहेको वरुण , कुमार श्रेष्ठको सम्पादनमा रहेको दैनिक कोशेली, देशान्तर साप्ताहिक लगायत पत्र–पत्रिकामा प्रतिनिधित्व गर्दै वाहा“ले अनुभव संगाल्दै आउनु भएको प्रमाण सावित छन् । त्यस्तै रमेश भट्टराईको सम्पादनमा रहेको २०१९मा दर्ता भएको फेवा पाक्षिक,सञ्चालनमा आए संगै रमेश भट्टराई पाखे द्वारा सम्पादित युगवाण् िसाप्ताहिकका सम्पादक द्घार फेवा पाक्ष्ँिकका लागि कार्यकारी सम्पादकका रुपमा नियुक्ति, व्यावहारिक कठिनाईले १२ हजार रुपैया“मा पाखेलाई दिइ २०४९ कार्तिक २० गते देखि अग्रज पत्रकार दुर्गा प्र.भट्टराई लाई हस्तान्तरण भई२०५१ साल मंसिर २५ गते इलाका प्रशासन कार्यालय द्घारा नियमित प्रकाशनमा रहेको पुष्ट्याई गरेको र हाल वाहा“की कान्छी वहिनी ललिता भट्टराईले सञ्चालन गर्दै आएको अवस्था छ ।
त्यस्तै काठमाण्डौबाट प्रकाशन हुने २०५५ सालमा उर्मिला दाहाल प्रबन्धनिर्देशक र दुर्गा दाहाल को सम्पादनमा रहेको राष्ट्रिय मासिक टाईम्स पत्रिकाको पूर्वाञ्चल प्रतिनिधि, २०६६÷०३÷२५को सूचना विभागको निर्णय अनुसार फेवा सापताहिक बाट न्यू पाथिभरा सापताहिकमा संस्थान परिवर्तनगरि सम्पादक र प्रकाशक प्रमाण्ति कायम गरिएको थियो ।
२०६२ श्रावण ३१ गते श्री ५महाराजधिराज ज्ञानेद्र वीरविक्रम शाहको ५९औं शुभ जन्मोत्सवमा निजि सचिव सागर प्रसाद तिम्सीनाको आमन्त्रणमा सहभागि, नेपाल पत्रकार संघको १६औं महाधिवेशनमा पर्यवेक्षक, २०६२ साल भदौ ११ गते २१औं महाधिवेशनमा नेपाल पत्रकार महास“घ केन्द्रिय प्रतिनिधि, संषद सञ्चालनको समयमा २०७३ श्रावण १९ गते सहभागि, व्यावस्थपिका संसद सचिवालयमा न्यू पाथिभरा प्रतिनिधि, २०६५साल जेष्ठ १५ गते अन्तराष्ट्रिय सम्मेलन केन्द्र नया“वानश्वरमा हुदै आउनु भएको छ । संविधानसभाको पहिलो वैठकमा सहभागि, लगायत थुप्रै भेलामा सहभागि ।
अग्रज पत्रकार भट्टराईको प्रेरणबाट वाहा“का भाइ–भतिजामा समेत यसको प्रभाव परेको देखिन्छ । यिनै पत्रिकामा काम गर्दै अनुभव संगालेर भाइ जगन्नाथ भट्टराईले आ.व. २०५७÷०५८ देखि आफैं सम्पादक तथा प्रकाशक भई पूर्वज्योति साप्ताहिक प्रकाशन हुदै आएको छ । त्यस्तै भतिज लिलाराज भट्टराई ईटहरी स्थित कोशि एफ.एम्.मा कार्यक्रम प्रश्तोता भएर आºनो छवी सवै सामु फैलाउन सफल भएको अवस्था छ ।त्यस्तै अर्का भतिज नवराज भट्टराई समाचार लेखनका क्षेत्रमा उत्कृष्ठ व्याक्तित्वका रुपमा चिनिने नाम हो । विभिन्न पत्र–पत्रिकाको डिजाईनर, सम्पादन तथा लेखनमा दक्ष मानिनु हुनेभट्टराई हाल दमक बाट प्रकाशन हुने पूर्व सन्देशको उर्लावारी सम्वातदाता रहेर समाचार सम्प्रेषण गर्दै आएको अवस्था छ । । त्यस्तै आºनै छोरा ईश्वर चन्द्र भट्टराई ते¥हथुम मेन्छ्यायेम गाउ“पालिकाको आईटी अफिसर भई फुर्सद मिलाएर अनलाईन सेवा मार्फत वुवाले सञ्चान गर्दै आएको न्यू पाथिभरा साप्ताहिक पत्रिकाको सेटिङ्ग गरी सघाउदै आएको अवस्था छ । यसरी आधा दर्जन भन्दा बढि दक्ष्ँ जनशक्ति उत्पादन गरि विभिन्न सञ्चा माध्यममा आवद्द भट्टराई परिवार पत्रकारितामा मुलुककै उदाहरणिय मानिन्छ ।
त्यस्तै पत्रकार महासंघ मोरङ्गका पूर्व अध्यक्षविक्रम निरौला, ताप्लेजुङ्गका पूर्व अध्यक्ष केशव भट्टराई,खोटेङ्ग गाउपालिकाअधिकृत हरिप्रसादभट्टराई, उर्लावारीका खरो पत्रकार मिलन के. राउत लगाएत दर्जनौ पत्रकारहरु उत्पादन हुनुमा अग्रज पत्रकार भट्टराईको देन देखिन्छ । त्यस्तै दर्जनौ ब्याक्तिहरु भट्टराईकै प्रेरणाबाट अन्य पेशामा फड्को मारेको उदाहरण वाहाको डायरीमा देख्न पाइन्छ ।
मोरङ्गकै दोश्रो ठुलो शहर उर्लावारी लाई विक्रिती विसंगति रहित बनाउन पत्रिका सर्व साधारणको मनोभावना जित्न सफल भएको देखिन्छ । प्राईम एº.एम्.सञ्चालन अवस्थामा रहेको छ भने विभिन्न सञ्चार गृह हरु एक पछि अर्को बन्द हुदै आएका अवस्थामा पनि निरन्तर रुपमा आºनो पत्रिका प्रकाशन गरि सूचना विभाग बाट निरन्तर क बर्गमा पार्नु भट्टराईको त्याग तपश्यालाई सवैले मुल्यांकन गरेकाछन् ।
पञ्चायत कालमा पनि अन्याय र अत्याचार विरुठ्ठ खरो कलम चलाएर भ्रष्टचारीको मुटु थर्काउने भट्टराईको साहसप्रति सवैले प्रशंसा गरेको पाईन्छ । पञ्चायत कालमा पनिमा.वि.मा भ्रष्टचार, भ्रष्टचारी थानेदार, भ्रष्ट पञ्चको नांगोनाच, अवला नारी माथि बलत्कार, न्याय म¥यो, गरिवका दिन आउदैछन् जस्ता शिर्षकमा समाचार लेखेर अन्यायको विरुठ्ठ कलम चलाउने भट्टराई लाई राष्ट्र र पत्रकार महासंघले चिन्न नसकेको वुद्धिजिवि हरुको ठह¥याई छ ।
दैनिक तर्फ रासप नियमित देखिन्छ । अन्य संचालनमा आएका निगरानी दैनिक, घरदैलो साप्ताहिक, अखण्ड देश प्रेम, अलकापुरी, इन्द्रेणी एफएम बन्द अवस्थामा छन् । निरन्तरमा न्यू पाथिभरा, फेवा, पूर्वज्योति साप्ताहिक नियमित र पत्रपत्रिकाको वर्गीकरणमा क वर्गमा छन् । हरिप्रसाद भट्टराई लगायत दर्जनौले अवसर पाएर आफ्नो छवि उच्च राख्दै समाजमा मान सम्मान पाएको देखिन्छ । उर्लाबारीलाई पत्रकारिताको थलो मात्र नभएर यहाँको वित्रिति र विसङ्गतिलाई चिरा पार्दै हाम्रो र राम्रो उर्लाबारी बनाउनमा अग्रणी भूमिकामा युवाहरूलाई पत्रकारिता शिक्षा दिई आत्मनिर्भर बनाउनमा भट्टराईको अनुकरणीय योगदान मान्न सकिन्छ । यसरी कठोरताका साथ पत्रकारिताको विकासमा सबैको आँखा खोल्ने भट्टराई कति पनि विचलन नभई निरन्तर पत्रकारितामा ६६ वर्षको उमेरमा पनि लक्का जवान देखिनुहुन्छ । सहयात्रीको पत्रपत्रिका एफएम बन्द रहेकोमा चिन्तित देखिन्छन् । अखबार बन्द हुनुको मुख्य कारण सिंहदरवारको अधिकार गाउमा आउन नसक्नु, अखबारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसक्नु, स्थानीय सरकारले पनि अखबारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नहुनु, २१ औ सताब्दीमा पनि सूचना प्रविधिमा परिवर्तन नहुनुले गर्दा स्थानीय क्षेत्रका अखबारलाई जुग र युग समयानुकुल लैजान नसक्नुले गर्दा सञ्चार जगत फष्टाउन सकेन । यो विज्ञापनको युग हो । जुन सरकार आए पनि कानै चिरेको भने झै पत्रिकाको आर्थिक उन्नतिको खोजीमा नरहदा पत्रपत्रिकाको स्तर उन्नति प्रगति हुन नसकेको सञ्चार माध्यमहरूको थुप्रै गुनासो सुन्न पाइन्छ । अब बितेको कुरालाई छोडेर आगामी दिनमा स्थानीय सरकारले स्थानीय पत्रपत्रिकालाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरोस् भन्ने कामना छ ।
ADVERTISEMENT