
उर्लाबारी । नेपाली काग्रेसको नेपाली काँग्रेस प्रदेश नं. १ का सह–महामन्त्री खड्ग फागोले जनताको मन जितेर अघि बढ्न पार्टी नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
शुक्रबार ‘घरघर जाऔं काँग्रेस जिताऔं’ अभियान अन्तर्गत मोरङको केराबारी गाउँपालिका वडा नं. १ पार्टीगाउँको अगुवा कार्यकर्ता भेलामा बोल्दै सह–महामन्त्री फागोले यस्तो निर्देशन दिनुभएको हो । कार्यक्रमका प्रमुख आतिथि समेत रहनु भएका फागोले अबको राजनिति सान, मान र प्रतिष्ठाका लागि नभई जनसेवामा समर्पित भएर राजनिति गर्नुपर्ने बताउनुभयो । उर्लाबारी नगरपालिकाका मेयरसमेत रहनु भएका सह–महामन्त्री फागोले स्थानिय निर्वाचन संघारमै आइसकेकाले सबै राजनिति दलले जनताको मनोभावना बुझ्ने, जनताको काममा ध्यान दिने व्यक्तिलाई टिकट दिएर निर्वाचन उठाउन र निर्वाचनमा त्यस्ता प्रतिनिधिलाई जिताउनु पर्नेमा जोड दिनुभयो । पाटीगाउँस्थित महिला सहकारी संस्थाको सभाहलमा भएको कार्यक्रममा उल्लेख्य पार्टीका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
वडा नं. १ का वडा सभापति चन्द्रसिंह लिम्बूको सभापतित्वमा भएको कार्यक्रममा वडा नं। १० का वडा सभापति चन्द्र मगर, माधवप्रसाद घिमिरे, कमल राई, केराबारी गाउँपालिका वडा नम्वर १० का सभापति चन्द्र मगर, तरुण दल सचिब छत्र बस्नेत लगायतको कार्यक्रममा आतिथ्यता रहेको थियो ।
यस्तै सोही कार्यक्रममा नेपाली काँग्रेस मोरङ जिल्ला समिति सदस्य उत्तम श्रेष्ठले एमसीसी र सो विषयमा अन्य राजनितिक पार्टीले छरेका भ्रमका विषयमा जानकारी गराउनुभएको थियो ।