उर्लाबारी । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले जनता समाजवादी पार्टी नेपालको वैकल्पिक शक्ति भएको बताउनुभयो ।
आज मोरङको उर्लाबारी वडा नं. २ मा जसपाको पार्टी कार्यालय उद्घाटन गर्दै मन्त्री यादबले सो कुरा बताउनुभएको हो । उहाँले देशको वैकल्पिक शक्तिको जसपा भएको बताउँदै मधेशी, आदिवासी, जनजातिको हक अधिकारका लागि लड्ने एक मात्र पार्टी भएको दाबी गर्नुभयो । वडा नं. २ बाट जसपाबाट नगर अध्यक्ष मातृका धिमाल वडाध्यक्षको उम्मेद्वार बन्ने घोषणा पनि सोही अवसरमा गरियो । मन्त्री यादबले धिमाललाई जसपाको चुनाब चिन्ह छाता दिएर विजयीको शुभकामना समेत दिनुभयो । कार्यक्रममा केन्द्रीय सदस्य बाङ्गाई धिमाल, लोकसागर साम्बा,जेन्टल लावती, संघीय परिषद सदस्य पूर्ण कुरुम्बाङ, प्रदेश सदस्य विशाल आङ्देम्बे, लिम्बुवान राष्ट्रिय समिति सदस्य सन्जय राई, प्रदेश सदस्य तारा दवाडी,प्रदेश सदस्य शान्ता मोक्तान, जिल्ला सदस्य छत्र चेम्जोङ, रामकुमार राईलगायतको उपस्थिति रहेको थियो । स्वागत मन्तव्य उर्लाबारी नगर उपाध्यक्ष सावित्रा याक्खले राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन प्रदेश सदस्य दिपक न्यौपानेले गर्नुभएको थियो । नगरअध्यक्ष मातृका धिमालको सभापतित्वमा कार्यक्रम भएको थियो ।
ADVERTISEMENT