
उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले खेलकुद क्षेत्र र खेलाडीलाई उच्च मनोबल बनाउने तर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।
आज उर्लाबारीस्थित पालिकास्तरीय भलिबल प्रतियोगिताको समापनमा बोल्दै मेयर फागोले सो कुरा बताउनुभएको हो । खेलकुद केवल मेडल प्राप्तको लागि मात्रै नभई पहिचानको लागि समेत खेलिने भन्दै मेयर फागोले खेलकुदबाटै नेपाल र नेपालीको पहिचान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले खेलकुद क्षेत्रको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले उर्लाबारीमा आवश्यक खेलमैदानका साथै सम्पूर्ण खेलहरुको विकासका लागि नगरपालिका लागि परेको उल्लेख गर्नुभयो । खेलको माध्यमबाट उर्लाबारीलाई चिनाउन धेरै खेलाडीहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै नगरपालिकाले प्रत्येक बर्ष खेलकुदका लागि बजेट विनियोजन गरी खेलकुदको विकासमा जोड दिइरहेको उहाँले बताउनुभयो । फुटबल, भलिबल, कराँते, ब्याटमिन्टनलगायतका सबै खेलको विकासमा नगरपालिका लागि परेको उहाँको भनाई छ ।