उर्लाबारी । नेपाली कांग्रेस प्रदेश नं. १ का सह–महामन्त्री खड्ग फागोले अनियमितता र भष्ट्रचार गर्नेहरुलाई बहिष्कार गर्नु पर्ने बताउनुभएको छ । आज नेपाली कांग्रेस उर्लाबारी वडा नं. ९ को छापन–नेगी–आसामे टोल भेलालाई सम्बोधन गर्दै उहाँले राजनीति वा पँहुजको आडमा कसैले भष्ट्रचार गर्छ भने त्यसलाई समाजबाट बहिष्कार गर्न आवश्यक रहेको बताउनुभएको हो । भष्ट्रचार मुक्त समाज बनाउने अभियानमा अघि बढ्न उहाँले सबैलाई आग्रह गर्नुभयो । लोभ र पदका लागि होइन परिवर्तनका लागि राजनीति गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । विकास र समृद्धिको अभियानमा अघि बढ्न आवश्यक रहेको औलाउँदै उहाँले राष्ट्र र समाजका लागि आफ्नो ज्यान दिने शहिदहरुको सपना साकार बनाउन सबै लाग्नु पर्ने उहाँले बताउनुभयो । उहाँले सुकुम्बासी समस्या समाधानको नाममा कसैले पैसा माग्ने वा गलत तरिकाले काम गर्ने जोकोही पनि कार्वाहीको भागिदार बन्ने बताउनुभयो । जनताका प्रतिनिधिहरुले राजनीतिक दलभन्दा माथी उठेर काम गर्नु पर्नेमा उहाँको जोड छ । सोही भेलाले विजय मगरको सभापत्विमा टोल समिति गठन भएको छ । जसको उपसभापतिमा मानबहादुर तामाङ, सचिबमा देबेन्द्र खरेल, सह–सचिबमा विनोद लुईटेल र कोषाध्यक्षमा बेलिता तुम्वाहाम्फेलगायत रहनुभएको छ । कार्यक्रममा नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ (क) का उपसभापति लोलिम पोमु, नगरसभापति सुरेन्द्र लिम्बूलगायतले बोल्नुभयो । कार्यक्रम सञ्चालन तारानाथ सापकोटाले गर्नुभएको थियो भने सभापतित्व वडा उपभासपति लोकेन्द्रबहादुर लिम्बूले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय