पुजन दास
उर्लाबारी । नेपाली कांग्रेस प्रदेश नं. १ का सह–महामन्त्री खड्ग फागोले कम्युनिष्ट इर्ष्या र आरिसले जन्मेको टिप्पणी गर्नुभएको छ ।
‘जसले श्रम गर्छ, काम गर्छ, धनसम्पत्ति जोड्छन्, उनीहरुलाई आरिस इष्र्याले दुःख दिने काम कम्युनिष्टले गरेको छ,’ सह–महामन्त्री फागोले भन्नुभयो, ‘अझ गरिव र मजदुरको पार्टी भनेर कम्युनिष्ट नारा लगाउँछन्, कुन गरिब र कम्युनिष्टहरूको हैसियत समान छ ? कुन गरिबले समानता महसुस ग¥यो त ?’ फागोले पुजीवाद दलाल भनेर जनताले कम्युनिष्टहरू चिनिसकेको बताउनुभयो । सह–महामन्त्री फागोले भने, ‘ठोस नीति र कांग्रेसको सिद्धान्त अनुसार गुट र उपगुट बिना अघि बढ्न आवश्यक छ ।’ आज उर्लाबारी वडा नं. ७ पारिजात टोल समिति गठन भएको छ ।