शशी के.सी
केही बर्षदेखि नेपालमा पनि लिभिगॅ टुगेदर यानी विवाह नगरि महिला पुरूषसॅंगै बस्ने गरेको सुनिन्छ।आजकल नेपालीसमाज पनि खुल्ला बिचार राख्ने भई सक्यो र यसरी बस्नेहरूको बिषयमा त्यति वास्ता पनि राख्दैन।विदेशमा जस्तै,उनीहरूको जिन्दगी हो,जे सुकै गरून भनिदिन्छ।
कुरा ठिकै पनि हो।अर्काको बिषयमा धेरै चासो राख्नु आवश्यक छैन।तर यो संम्बन्ध जति रमाईलो सुनिन्छ।नेपालमा यसरी बस्नेहरूको अवस्था त्यति सहज चाहीं छैन जस्तो लाग्छ।केही समयसम्म मात्र यस्तो संम्बन्ध रहला।तर पछि कि विवाह गर्नु पर्छ कि छुट्टीनु पर्ने देखिन्छ।विदेशमा जस्तो बर्षौं टिकीरहन सक्दैन।
सबैभन्दा पहिलो कुरा महिला पुरूष एकै ठाउॅंमा लामो समय बस्दा शारीरिक आकर्षक हुने नै भयो।शारीरिक संम्पर्क भईहाल्छ।बच्चा नभएसम्म त ठिकै छ। केही गरि बच्चा भएमा कानुनी झमेला शुरू हुन्छ।
नेपालको कानुनमा बुबाको नामबाट नागरिकता सहज बन्छ।लौ विवाह नगरेपनि,म बच्चाको बाउ हुं भनेर पुरूषले स्वीकारीदिए त हो।केही गरी स्वीकार्न नमाने ? बच्चालाई कसरी दिलाउने नागरिकता ?
सबै पुरूष असल नै होलान् भन्ने छैन्।नेपालमा नागरिकतासॅंगै संम्पत्ति जोडिन्छ।बाउ आमाको संम्पत्तिमा संतानको हकलाग्छ।कतिले त संम्पत्ति नदिनलाई पनि नागरिकता नबनाई दिएको घटना समाजमा सुनिन्छ।
ल बाउको नामबाट हैन म आफ्नै नामबाट नागरिकता दिलाउॅंछु भन्ने सोच छ भने फलामको चिउरा चपाए जस्तो जटिल छनेपालको कानुन। कि तपाईंले म बलात्कृत भएर जन्मेको संतान हो भन्नु पर्र्यो। की बाउ को हो पत्तो छैन भन्ने प्रमाणितगराउनु पर्र्यो। निक्कै मानसिक यातना सहनु पर्छ महिलाले। आमाको नामबाट संतानले नागरिकता पाउने कानुन अहिलेबल्ल बल्ल बने पनि निक्कै नै जटिल छ नागरिकता लिन चाहीं।
महिलाले लिभिगं टुगेदरमा बसेर बच्चा जन्माएको रहेछ र पछि छुट्टिएर बसेकी रहेछिन भने पनि उसले अविवाहित महिलालेआफ्नो आमाबुबाबाट पाउने संम्पत्तिबाट पनि केही नपाउने कानुन छ।बच्चै नजन्माएकाहरूलाई पनि संम्पत्ति नदिन अनेक झमेला गरेको घटना पनि सुनिन्छ।
त्यस्तै कतै त विवाहित पुरूष पनि ढांटेर अर्की महिलासॅंग लिभिगं टुगेदरमा बसेको पाईयो। पछि पत्ता लाग्दा उ त पहिलेकोपरिवारसॅंग फर्किने तर महिलाले समाजमा एक्लै जुध्नु परेको घटना पनि सुनिन्छ। बालबच्चा भएका रहेछन् भने बच्चाकोपालपोषणको जिम्मा महिलाकोमा मात्र आईलागेको देखिन्छ।
संम्बन्ध भन्ने कुरा सॅंधै एकैनास रहन्न।एक आपसमा छुट्टिएमा रिसले महिलाले पनि त पुरूषलाई “मलाई बलात्कार गर्यो ” भनेर मुद्दा लगाई दिन सक्छिन्।पुरूष पनि कानुनको झमेलामा फस्छ।
अर्को पक्ष भनेको दुबैसॅंगै रहॅंदा पो कुनै महिलालाई समाजले औंला उठाउने आंट गर्दैन।भोली छुट्टिएर एक्लै बांच्नु पर्दाबांची नसक्नु पारी दिन्छ त्यही समाजले।
त्यसैले म त भन्छु कुनै महिला बरू एक्लै बस्नु,तर नेपालमा महिलाका हक हित संम्बन्धि बलियो कानुन नबने सम्म विदेशतिरको नक्कल गरेर विवाह नगरी लिभिगं टुगेदर नबस्नु!
नारी दिवसको यही शुभकामना !