
उर्लाबारी । मोरङको उर्लाबारी-३ मा शनिवार आयोजित नेपाली काग्रेस टोल समिति गठन कार्यक्रममा विभिन्न् पार्टी परित्याग गरी ८३ जना नेपाली काग्रेस प्रवेश गरेका छन् ।
उर्लाबारी-३ को दुर्गा चौक र त्रिवेणी टोल कमिटी गठन कार्यक्रमको अवसरमा उनिहरुले माओवादी, एमाले, लिम्वुवान र अन्य राजनैतिक पार्टी परित्याग गरी नेपाली काग्रेसमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई प्रमुख अतिथि नेपाली काँग्रेस प्रदेश १ का सहमहामन्त्री खड्ग फागोले अविर लगाएर पार्टीमा स्वागत गरे ।
कार्यक्रममा प्रमुख अतिथि फागोले अन्य पार्टी परित्याग गरी काग्रेसमा आवद्धभएका हरुलाई स्वागत गर्दै काँग्रेसजन विकास, अनुसासन र गतिशिलताको सम्वाहक बन्नु पर्ने धारण राख्दै पार्टीमा लागि सकेपछि गरिब, विपन्न, दिनदुःखी किसान, मजदुर, पीडितहरुको सारथी बन्नुपर्ने बताए ।
यस्तै सोही अवसरमा दुर्गा चौक टोल समिती र त्रिवेणी टोल समिती गठन पनि गठन गरिएको छ । दुर्गाचौक टोल समितिको सभापतिमा रविलाल खवास, उपसभापतिमा भिमराज लिम्वु र कनैया शाह, सचिवमा कृष्ण श्रेष्ठ र महावीर चोङवाङ सहसचिवमा विष्णु चौधरी र उषा लिम्वु कोषाध्यक्षमा पोकली भुजेल सहित ३१ सदस्यीय टोल समिति गठन भएको छ ।
दुर्गाचौकमा भएको कार्यक्रममा गत स्थानियतहको निर्वाचनमा लिम्वुवान बाट वडाध्यक्षको उम्मेद्वार वनेकी उषा लिम्वु सहित ५१ जनाले पार्टी प्रवेश गरेका थिए ।
यस्तै शनिवार नै भएको अर्को कार्यक्रममा त्रिवेणी टोल समिती गठन भएको छ जसको सभापतिमा मञ्जु गिरी, उपसभापतिमा राजन ढकाल र ममता मगर, सचिवमा रमेश बस्नेत र कृष्णप्रसाद खतिवडा सहसचिवमा विकाश राजवंशी र सन्तोष गिरी कोषाध्यक्षमा अन्जना गिरी सहित ३२ सदस्यीय टोल समिती गठन भएको हो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी ३२ जना नेपाली काग्रेस प्रवेश गरेका हुन् ।
कार्यक्रममा प्रदेश १ का सदस्य अर्जुन तुम्रोक, मोरङ क्षेत्र नं. १ (क) का उपसभापति लोलिम पोमु, उर्लाबारी नगरसभापति सुरेन्द्र लिम्वु, नगर सचिव राजन रायमाझी वडा नम्वर-३ वडाध्यक्ष गञ्जबहादुर कार्की वडा सदस्य लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम वडा-३ का सभापति रोहीत कार्कीका सभापतित्वमा भएको थियो । कार्यक्रमको सञ्चालन सचिव प्रदिप सग्रौलाले गरेका थिए ।