काठमाडौं । अभिनेता तथा मोडल पल शाह भनिने पूर्णविक्रम शाहलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएपनि अझै पक्राउ परेका छैनन् ।
बलात्कार मुद्दा दर्तासँगै उनीविरुद्ध जिल्ला अदालत तनहुँले फागुन ११ मा पक्राउ पूर्जी जारी गरेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँले उनको खोजतलासमा सहयोग गरिदिन महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको छ । पललाई पक्राउ गर्न काठमाडौंमा पत्राचार गरिएको तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो । पलको खोजीमा महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा र केन्द्रिय अनुसन्धान ब्यूरोको टोली परिचालन गरिएको छ । पलमाथी नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप छ । घटनास्थल तनहुँ भएको हुनाले नाबालिगका परिवारले तनहुँ जिल्ला प्रहरी कार्यालयमा उनीविरुद्ध जाहेरी परेको छ । पलको खोजी कार्य भइरहेको प्रहरीले जनाएपनि केही मिडियामा फोन अन्तरवार्ता दिएका छन् भने सामाजिक सञ्जालमा समेत आफ्ना कुरा राखिरहेका छन् । तर, प्रहरीले भने भेटाउन नसकेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय