उर्लाबारी । नेकपा एमाले उर्लाबारीले स्थानीय तहको निर्वाचन केन्द्रीत कार्यक्रम गरिरहेको छ । स्थानीय तहमा लोकप्रियलाई यस पटक एमालेले उम्मेद्वार बनाउने रणनीति अनुसार गाउँ÷टोलमा भेला गरिरहेको छ ।

यसैक्रममा मोरङको उर्लाबारी वडा नं. ६ को वडाध्यक्षमा घनश्याम भण्डारीको मात्रै दाबी देखिएको छ । संचारकर्मीसमेत रहनु भएका भण्डारी वडाध्यक्षका बलियो दाबेदारका रुपमा हेरिएको छ । उर्लाबारी वडा नं. ६ मा एमाले कमजोर मानिएपनि भण्डारीको उम्मेद्वारी भएको खण्डमा कडा प्रतिष्पर्धा हुने जानकारहरु बताउँछन् । सञ्चार क्लब नेपालका पूर्वअध्यक्षसमेत रहनु भएका भण्डारी पार्टीको वडा अध्यक्षलगायतमा बसेर काम गरिसक्नुभएको छ । एमालेबाहेक अन्य पार्टीसँग पनि भण्डारीको समधुर सम्बन्ध रहेका कारण यस पटक भण्डारीको पल्लाभारी हुने चर्चा चलिरहेको छ । गत निर्वाचनमा सानदार मतका साथ कांग्रेसले यो वडामा जितेको थियो । लामो समयदेखि भण्डारी निरन्तर सामाजिक सेवा र संचारकर्ममा खटिरहनु भएको छ । जनताको प्रतिनिधि भएर थप जनताको सेवामा खटिने भण्डारीले इच्छा राख्नु भएको छ । एमाले स्रोतले भन्यो–‘उर्लाबारी वडा नं. ६ को बलियो उम्मेद्वार नै घनश्याम भण्डारी हुनुहुन्छ, उहाँको विकल्प छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय