काठमाडौं । बलात्कारको जाहेरी परेपछि प्रहरीले कलाकार पल शाह भनेर चिनिने पूर्ण विक्रम शाह फरार भएका छन् । उनी फरार भएपछि प्रहरीले खोजी थालेको छ ।
१७ वर्षीया गायिकाका परिवारले तनहुँमा बुधबार बलात्कारको जाहेरी दिएपछि खोजी सुरू गरिएको तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज खड्काले जानकारी दिनुभयो । शाहलाई पक्राउ गर्न तनहुँ प्रहरीले काठमाडौं प्रहरीलाई पनि जानकारी गराइसकेको छ ।
गायिकाका तर्फबाट परिवारले दिएको उजुरीमा शाहले मायाप्रेमको जालमा फसाएर बलात्कार गरेको आरोप लगाएकी छन् ।
ADVERTISEMENT