उर्लाबारी । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता हुनुहुन्छ, कुलप्रसाद साम्बा लिम्बू (कुशल) । मोरङ क्षेत्र नं. १ का प्रदेश सांसदसमेत रहनु भएका लिम्बूले मोरङ जिल्लामा सबैभन्दा बढी अन्तरले निर्वाचन जित्नु भएको थियो ।
तीन पटक प्रदेश सरकारका मुख्यमन्त्री परिवर्तन भएपनि लिम्बू प्रदेशको मन्त्री बन्ने मौका पाउनु भएन । उहाँ आफैले पनि कुनै माथिल्लो तहका नेताहरुसम्म मन्त्री बनाइदिनु परो भनेर चाकडी गर्नुभएन । पार्टीले पनि लिम्बूको उचित मूल्यांकन गर्न सकेन । मोरङ क्षेत्र नं. १ को विकासमा निरन्तर खट्दै आउनु भएका लिम्बू यस पटक पनि मन्त्री बन्ने लाइनमा हुनुहुँदैन । न उहाँले मन्त्री बन्न लबिङ नै गर्नुभएको छ नत्र पार्टीले नै उहाँको उचित मूल्यांकन गरेको छ । उहाँका अधिकांश सहकर्मी मन्त्री बनिसकेका छन् । तर, उहाँको पालो यस पटक आउने सम्भावना छैन । राम्रो छबी बनाएर जनताको मन जितेपनि लिम्बूले नेताको मन जित्न नसक्दा मन्त्री बन्न नसकेको जानकारहरु बताउँछन् । पार्टीभित्रै लिम्बूलाई अघि बढ्न नदिन एक समूह लागि परेको बुझिएको छ । केही ब्यक्तिलाई मन्त्री पनि पार्टीको माथिल्लो पदका लागि राम्रै चाकडी गरिरहेका छन् । तर, उहाँ निरन्तर रुपमा क्षेत्रको विकासका बारेमा सोचिरहनु भएको छ । उर्लाबारी र मिक्लाजुङ क्षेत्रका जनताले विकासको अनुभूति दिलाउन उहाँको निरन्तर पहलकदमी प्रशंसायोग्य छ । प्रदेश नं. १ मै माओवादी केन्द्रबाट लोकप्रिय प्रदेश सांसद लिम्बूलाई पार्टी र प्रदेश सरकारमा लैजान नचाहने समूहको चलखेल भइरहेको एक नेताले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय