उर्लाबारी । मोरङको उर्लाबारीका १२ देखि १८ वर्षसम्मका बालबालिकालाई आजदेखि कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
नगरभित्र २१ वटा केन्द्र तोकेर नगरपालिकाले खोप लगाउन सुरु गरेको हो । कोभिड १९ विरुद्ध मोर्डेना खोप अभियानका लागि वडा नं. १ मा शारदा मावि, लक्ष्मी आधारभुत विद्यालय, वडा नं. २ मा सुनपकुवा मावि, सुनझोडा मावि र वडा कार्यालय केन्द्र तोकिएको छ । यस्तै, वडा नं. ३ मा दुर्गा मावि, दुर्गा मन्दिर, वडा नं. ४ मा सृजना आधारभुत विद्यालय, हिमचुली बोर्डिङ स्कुल, सप्तकोशी आमावि, वडा नं. ५ मा वडा कार्यालय, वडा नं. ६ मा होलिचाइल्ड बोर्डिङ, राधिका मावि, मोरङ मोडेल आमावि केन्द्र तोकिएको छ ।
यस्तै, वडा नं. ७ मा राधिका मावि, भृकुटी मोडल एकाडेमी, पशुपति आमावि, वडा नं. ८ मा अरनिको मावि, लक्ष्मी मावि, वडा नं. ९ मा सार्वजनिक मावि र प्रभात आधारभुत विद्यालयलाई केन्द्र तोकिएको छ । विद्यालयमा अध्ययनरत नरहेका १२ देखि १८ वर्षभित्रका बालबालिकाले पनि नजिकको पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरिएको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले जानकारी दिनुभयो । मेयर फागोले विद्यार्थीका अभिभावकहरुलाई आफ्ना छोराछोरीलाई अनिवार्य रुपमा सम्बन्धित बिद्यालयहरुमा पठाई खोप लगाउन अपिल समेत गर्नुभएको छ ।
ADVERTISEMENT