राष्ट्रिय सभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा सत्तारुढ पाँच दलीय गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन्।
बुधबार दिउँसोसम्म भएको मतदानपछि गरिएको गणनामा नेकपा (एकीकृत समाजवादी) की राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा र नेपाली कांग्रेसका युवराज शर्मा विजयी भएका हुन्।
यहाँ एक्लै मैदानमा उत्रिएको नेकपा एमालेका तीनै उम्मेदवार हारेका छन्। एमालेले भारती उपाध्याय खनाल, कृष्ण सुनार र रामदयाल गुप्तालाई उठाएको थियो।
यहाँ विजयी भएका सत्तारुढ गठबन्धनका उम्मेदवारले ४३७४ मतभार पाएका छन्। उता पराजित एमाले उम्मेदवारले ३३१२ मात्रै मतभार पाएको निर्वाचन कार्यालयले जनाएको छ।