उर्लाबारी । पूर्वी मोरङको चर्चित बेतिनी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुनः एक कार्यकाल भीमबहादुर राईको पक्षमा माहोल सिर्जना भएको छ ।
उर्लाबारी वडा नं. २ मा रहेको उक्त वनलाई नमूना र पर्यटकीय केन्द्र बनाउन निरन्तर खटिरहनु भएका राईलाई उपभोक्ताहरुले पुनः एक कार्यकाल अध्यक्ष बनाउनु पर्नेमा जोड दिइरहेका छन् । राईको पक्षमा माहोल बढेपछि अतिरञ्जित बनाउने खेल सुरु भएको छ । अध्यक्ष राईको कार्यकालमा आर्थिक अवस्था कमजोर भएका उपभोक्ताहरुको जीवन स्तर बृद्धिका लागि सिपमूलक तालिम, छात्रबृत्ति, मौरी, पाठापाठी वितरण लगायतका कार्यक्रम भएका छन् । जेष्ठ नागरिक, महिलालगायतका क्षेत्रमा पनि उहाँको कार्यकालमा धेरै कार्यक्रमहरु भएका थिए । सडक ग्राभेल, सामाजिक कार्यलगायतका काममा पनि उहाँको कार्यकालमा सहयोग भएको थियो । वन क्षेत्र अतिक्रमण रोक्न पनि उहाँले पहलकदमी दिनुभएको थियो । करिब १० हेक्टर खाली क्षेत्रमा बिरुवा रोपेर हराबरा बनाउन उहाँको कार्यकालमा सफल बन्नुभयो । पुल, विजुली विस्तारलगायतका काम पनि भएका छन् । पार्किङ ब्यवस्थापन, सडक ब्यवस्थापन, पोखरीमा रेलिङ, वोट, पौडी पोखरी निर्माण, चिल्डेन पार्कमा पोखरी निर्माण, पार्कमा बालबालिकाका लागि खेल सामाग्री थपलगायतका धेरै काम भएको छ । उत्पादित वन पैदावर स्रोतहरु निष्पक्ष र न्यायोचित वितरणसमेत गर्दै आएको उपभोक्ता स्वम् बताउँछन् । राजनीतिक स्वार्थभन्दा माथी उठेर राईले उपभोक्ताको हितमा काम गर्दै आउनु भएको छ । जसले गर्दा आम उपभोक्ताहरुले यस पटक पुनः भीमबहादुर राईले जित्नु पर्ने बताउँदै आएका छन् । राई पक्षमा माहोल बढेपछि बद्नाम गराउने केही सक्रिय भएको भन्दै मिथ्या आरोपले कुनै असर नपर्ने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय