उर्लाबारी । मोरङको उर्लाबारी वडा नं. ७ का युवा ब्यवसायी चन्द्रबहादुर भट्टराई (भरत) दुई वटा पार्टीमा सदस्यता रहेको खुलेको छ ।
उर्लाबारी उद्योग बाणिज्य संघका पूर्वअध्यक्षसमेत रहनु भएका भट्टराईको नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुबैमा सदस्यता नविकरण रहेको खुलेको हो । सक्रिय राजनीतिमा नरहेपनि भट्टराई सामाजिक र ब्यवसायिक क्षेत्रमा अग्रणी मानिनुहुन्छ । भट्टराईको नेकपा एमालेमा सदस्यता नविकरण भएको नेकपा एमाले उर्लाबारी वडा नं. ७ का अध्यक्ष योगेश बस्नेतले जानकारी दिनुभयो । यता नेकपा माओवादी केन्द्रका उर्लाबारी नगर सचिब पवन चौधरीले पनि माओवादीमा भट्टराईको सदस्यता रहेको बताउनुभयो । दुई पार्टीमा सदस्यता रहेको विषयमा जानकारी दिन भट्टराईलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय