
अनिल चौहान, पुजन दास
उर्लाबारी । आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मोरङको उर्लाबारी नगरपालिकाका मुख्य राजनीति दलबाट सम्भावित वडाध्यक्ष उम्मेद्वारहरुका चर्चा सुरु भएको छ ।
अधिकांश युवाहरुको नाम अहिले चर्चामा आएको छ । नेपाली कांग्रेसबाट उर्लाबारी वडा नं. १ मा गोविन्द भट्टराई, शरण लामालगायतको नाम चर्चामा आएको छ । वडा नं. १ मा गत निर्वाचनमा भट्टराई पराजित उम्मेद्वार भएका कारण यस पटक पनि उहाँ नै सम्भावित उम्मेद्वारको रुपमा पनि हेरिएको छ ।
त्यस्तै, उर्लाबारी–२ मा वर्तमान वडाध्यक्ष राजन कुमार कँडेल, रुद्र बराल, टंक राईलगायतको नाम चर्चामा छ । त्यस्तै, वडा नं. ३ मा वर्तमान वडाध्यक्ष गञ्जबहादुर कार्की, रोहित कार्की, सोमनाथ तिम्सिना (राम), कमलनारायण मल्लिक, वडा नं. ४ मा सर्वजित भण्डारी, गोपाल कटुवाल, कल्याण राई, गीता अधिकारी, प्रेम याख्या, सुभाष भण्डारी, वडा नं. ५ मा वर्तमान वडाध्यक्ष भानुभक्त शर्मा पराजुली, नगरसभापति सुरेन्द्र लिम्बू, तुलबहादुर थापा रोहित, जनक आचार्य, वडा नं. ६ मा वर्तमान वडाध्यक्ष चिन्तामणि पौडेल, बाझाहाङ राई, अनिल श्रेष्ठ वडा नं. ७ मा वर्तमान वडाध्यक्ष बीरबल थापा, जयधर्म आचार्य, मदनबाबु प्रसाई, टंक काफ्ले, बेलबहादुर कार्की, शोभितमाया तामाङ, छत्र कार्की, सन्तोष निरौला, पूर्ण सिंगक लिम्बू वडा नं. ८ मा सुरेश अधिकारी, कोमल खतिवडा, भीम लामिछाने र वडा नं. ९ मा राजकुमार पोमु (लोलिम), नरबहादुर मोक्तानको नाम चर्चामा आएको छ ।
त्यस्तै, नेकपा एमालेबाट वडा नं. १ मा गोपालप्रसाद रिमाल, गम्भिर प्रधान, मोहनकर्ण श्रेष्ठ, भीम श्रेष्ठको नाम चर्चामा छ । त्यस्तै, वडा नं. २ मा कृष्ण दाहाल, हरेराम धिमाल, खेमचन्द्र थापा, वडा नं. ३ मा भीष्म बुढाथोकी, मित्र ढकाल, मुक्ति न्यौपाने, कृष्ण थापालगायतको नाम चर्चामा छ । वडा नं. ४ मा केदार खतिवडा, टिकाप्रसाद अधिकारी, वर्तमान वडाध्यक्ष लक्ष्मीनारायण धिमाल, पूर्ण घिमिरे, केदार चौहान, वडा नं. ५ मा रविन लामा, चेतन सिग्देल, विकल राई, ज्ञानु शाक्यको नाम चर्चामा आएको छ । वडा नं. ६ मा घनश्याम भण्डारीको मात्र नाम चर्चामा छ । भण्डारीलाई एमालेले उम्मेद्वारी दिने पक्कापक्की रहेको बुझिएको छ । त्यस्तै, वडा नं. ७ मा निरोज तिम्सिना, उर्मिला थापा, कृष्ण प्रधान, चन्द्रबहादुर भट्टराई (भरत), योगेश बस्नेतको नाम चर्चामा आएको छ । त्यस्तै, वडा नं. ८ मा वर्तमान वडाध्यक्ष कुलबहादुर कार्की, अग्नि सुब्बा, लक्ष्मी ढुंगाना, वडा नं. ९ मा सुरेन्द्र शेर्मा, कमल फ्याक, राजकुमार योञ्जन, भरतमणि गौतमलगायतको नाम चर्चामा छ । त्यस्तै, नेकपा माओवादी केन्द्रबाट वडा नं. १ मा चेतराज श्रेष्ठ, टेकबहादुर भट्टराई, दिनेश फुयाल, वडा नं. २ मा भीम राई, पदम राई, वडा नं. ३ मा कविराज धिमाल, वडा नं. ४ मा मिलन दाहाल, भक्त विक, वडा नं. ५ मा राजिब लिम्बू, लोकनाथ पौडेल, वडा नं. ६ बाट दिपक आले मगर, सूर्यविक्रम याक्खा, वडा नं. ७ बाट राजन दाहाल, पवन चौधरी, बुलन पासवान, ओम खरेल, यामलाल रसाईली, सरोज बस्नेत, वडा नं. ८ बाट मोहन खनाल, सविन घिमिरे, वडा नं. ९ बाट अमर सेलिङलगायतको नाम चर्चामा आएको छ । त्यस्तै, नेकपा एकीकृत समाजवादीबाट वडा नं. १ मा वर्तमान वडाध्यक्ष मचिन्द्र कार्की, देवकुमार पाण्डे, वडा नं. २ मा हेमचन्द्र थापा, लेखनाथ गुरुङ, वडा नं. ३ बाट डिबी थापा, वडा नं. ४ बाट तुलाराम धमला, खेम ढकाल, टिकाप्रसाद भट्टराई, वडा नं. ५ बाट चन्द्रप्रसाद भट्टराई, मनोरथ भण्डारी, वडा नं. ७ मा चन्द्रबहादुर राई कृष्णराज गुरुङ, चन्द्रबहादुर श्रेष्ठ, वडा नं. ८ बाट यज्ञबहादुर बस्नेत, वडा नं. ९ बाट सुन्दर श्रेष्ठ, इन्द्र लामाको नाम चर्चामा छ । जनता समाजवादी पार्टीबाट वडा नं. २ मा मात्रिका धिमाल, वडा नं. ६ मा विशाल आङ्देम्बे, वडा नं. ७ मा रामकुमार राईलगायतको नाम चर्चामा छ । त्यस्तै, राप्रपाबाट वडा नं. २ बाट श्याम ढकाल, शंकर थपलिया, वडा नं. ४ बाट देबी दाहाल, वडा नं. ६ बाट जनक खड्का, जंगबहादुर कार्की, वडा नं. ७ बाट ज्ञानेन्द्र ओली, धर्मराज शाक्य र पूर्ण वाइबाको नाम चर्चामा रहेको छ ।
(चर्चामा आएका नामहरु मात्र समावेश गरिएको छ )