उर्लाबारी, अरनिको हस्पिटल उर्लाबारीमा सञ्चालित फिजियोथेरापी सेवा प्रभावकारी बनेको छ । दक्ष चिकित्सक र पर्याप्त सामग्रीको प्रयोगबाट अरनिकोमा सुविधा सम्पन्न फिजियोथेरापी सेवा सञ्चालन भइरहेको छ ।
यहाँ भारतको राजीव गान्धी विश्वविद्यालयबाट अर्थो एण्ड स्पोट्स इन्जुरीमा मास्टर्स (एमपीटी) गरेका उपेन्द्र घिमिरेको नेतृत्वमा दैनिक फिजियोथेरापी हुँदै आएको छ । दुई वर्षअघिदेखि सञ्चालित फिजियोथेरापीमा अहिले दैनिक सय जनाले सेवा लिइरहेको अस्पतालका अध्यक्ष लोलिम पोमू लिम्बूले जानकारी दिए ।
यहाँ अर्थो, न्युरो, कार्डियो, पेडियाट्रिक, म्यानुअल थेरापीको सुविधा रहेको घिमिरेले बताए । उनका अनुसार निडलिङ, कफिङ प्रविधिबाट थेरापी गराइँदै आएको छ । यहाँ थेरापी गर्न पूर्वी उत्तरी मोरङ र पश्चिमी झापाका विभिन्न स्थानबाट आउने गरेका छन् । सुपथ, सरल र भरपर्दो फिजियोथेरापी सेवा अरनिको हस्पिटलमा भएपछि बिरामीहरुलाई पनि सहज भएको छ । अरनिकोको थेरापी सेवाबाट आफूहरु सन्तुष्ट भएको बिरामीहरुले बताउने गरेका छन् ।
व्यायाम वा मेसिनको माध्यमबाट शारीरिक उपचार गर्नु फिजियोथेरापी हो । हाडजोर्नी सम्बन्धी अर्थोपेडिक फिजियोथेरापी, नसासम्बन्धी न्युरो फिजियोथेरापी, खेलकुदसँग सम्बन्धित स्पोट्र्स फिजियोथेरापी, मुटुसँग सम्बन्धित कार्डियो एन्ड पल्मोनरी फिजियोथेरापी, वृद्धवृद्धासँग सम्बन्धित जेरियाट्रिक र बालबालिकासँग सम्बन्धित पेडियाट्रिक गरी विभिन्न किसिमका थेरापी हुन्छन् । फिजियोथेरापी एलोप्याथी अन्र्तगत पर्ने उपचार पद्धति हो । यो जुनसुकै उमेरसमूहका व्यक्तिले गर्न सक्छन् ।
फिजियोथेरापी दुखाइ कम गर्न, व्यक्तिलाई क्रियाशील बनाउन, नचल्ने जोर्नीलाई चालमा ल्याउन, रोगको उपचार पछि अंगहरूलाई पुनः सक्रिय बनाउन प्रयोगमा ल्याइन्छ । यसमा औषधिको प्रयोगविना उपचार गरिने हुँदा कुनै साइड इफेक्ट हुँदैन । फिजियोथेरापीले रोगसँग लड्ने क्षमता बढाउनुका साथै सरुवा रोगको जोखिम समेत घटाउँछ । यसमा शारीरिक व्यायामलाई केन्द्रित गरिने हुँदा दीर्घरोगीका लागी समेत राम्रो मानिन्छ ।