उर्लाबारी । मोरङको उर्लाबारी–२ मा रहेको बेतिनी सामुदायिक वन उपभोक्ता समूहको नेतृत्वमा लागि त्रिपक्षीय भिडन्त हुने भएको छ ।
वर्तमान अध्यक्ष भीमबहादुर राई, वर्तमान कोषाध्यक्ष ज्योति थापा र पूर्वअध्यक्ष कृष्ण दाहालबीच प्रतिष्पर्धा हुने भएको हो । तीनै जनाले उपभोक्ताहरुसँग मत मागिरहेका छन् । राईले एक कार्यकाल सफल नेतृत्व गरिसक्नु भएको छ भने थापाले कोषाध्यक्षको जिम्मेवारी पूरा गर्दै आफुलाई नेतृत्वका लागि उभ्याउनु भएको छ । त्यस्तै, दाहालले दुई कार्यकाल वनको नेतृत्व गरिसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय