काठमाडौं – नेपाली राष्ट्रिय टोलीका डिफेन्डर रजिन धिमालको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । मैत्रीपूर्ण खेल सिरिजका लागि बंगलादेश पुगेका रजिनलाई त्यहाँ पुगेर गरिएको दोस्रो परिक्षणमा पोजेटिभ देखिएको थियो ।

बंगलादेश पुगेपछि पहिलो परिक्षणमा नेगेटिभ आएपनि उनको दोस्रो नतिजा पोजेटिभ आएको थियो । पोजेटिभ आएपछि उनि छुट्टिएर बसेका थिए । उनको रिपोर्ट नेगेटिभ आएसँगै अब टोलीमा समावेश हुने सम्भावना रहेको छ । रजिनसँगै नेपाली टोलीमा अन्य सबैको नतिजा नेगेटिभ आएको छ ।

पहिलो खेलमा रजिन अनुपस्थित रहँदा सुमन अर्यालले लेफ्ट ब्याकको भूमिकामा खेलेका थिए । मछिन्द्र क्लबबाट लिग जितेका रजिनले झन्डै ६ वर्षदेखि राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् । उनले अर्को खेलमा खेल्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय