
उर्लाबारी । भोलि फागुन १५ गतेदेखि हुने तेस्रो उर्लाबारी मेयर कप फुटबल प्रतियोगिता हुँदैछ । प्रतियोगिताको तयारी पूरा भएको र आइतबार दिउँसो १ बजे उद्घाटन कार्यक्रम तय भएको हो । उर्लाबारी–६ स्थित राधिका माविको खेलमैदानमा हुने प्रतियोगिताको फाइनल फागुन २३ गते हुने छ । प्रतियोगितामा उर्लाबारीका ९ वटै वडाका टिमको सहभागिता रहने छ ।प्रतियोगिताको विजेताले नगद १ लाख ७५ हजार, उपविजेताले १ लाख १५ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका कोषाध्यक्ष योगराज फागोले बताउनुभयो ।