विराटनगर । जिममा युवापुस्ताको आकर्षण ह्वात्तै बढेको छ । अझै जिममा पुरुषहरु मात्रै होइन अहिले महिलाहरु पनि आकर्षित हुँदै गएको देख्न सकिन्छ ।
धनकुटा घर भई विराटनगर बस्ने २७ वर्षकी बेन्जु राई जिम गर्न थालेको डेढ बर्ष भइसक्यो । विराटनगरमा जिम गर्न थालेकी राई फिन्टनेशका लागि जिम जान थालेको बताइन् । जिम केटाले मात्रै गर्छन् भन्ने मान्यता पुरानो भएको भन्दै उनी भन्छिन्, ‘केटीहरु पनि स्वस्थ्य र आर्कषक शरीरको लागि जिम जान्छन् र जिम हाउसमा केटीको लागि पनि राम्रो वातावरण बन्दै गरेको छ । ’
बेन्जु मात्रै होइन अहिले उनी जस्ता धेरै युवतीहरु शरीर बनाउन जिम धाउने गरेका छन् ।
जिम टिप्सः
–हप्तको ५ देखि ६ दिन नियमित रुपमा व्यायम गर्नुपर्छ ।
– प्रशिक्षकको कुरा सुनेर, हेरेर सही ढंगबाट गर्नुपर्छ ।
– शरीरको कुन भागलाई घटाउने वा बढाउने त्यही अनुसार छुट्टा छुट्टै अंगको व्यायम गर्नुपर्छ ।
– शरीरको तौल हेरेर जिममा रहेका मेसिनका तौल उठाउने गर्नुपर्छ । धेरै गर्न खोज्दा शरीरको भित्री भागमा चोट लागेर असर पनि गर्न सक्छ ।
– महिलालाई पेट घटाउन विषेश पर्ने भएकाले एव्समा धेरै व्यायम गर्नुपर्छ ।
– थोरै पानी पिउँदै जिम गर्नुपर्छ ।
– दिनभरीमा प्रसस्त पानी पिउनुपर्छ ।
– व्यायम गर्दा धेरै थाकिन्छ र शक्ति खर्च हुन्छ । त्यही अनुसारको प्रोटिन र मिनिरल्सको प्रयोग गर्नुपर्छ ।
– सन्तुलित भोजन नियमित गर्नुपर्छ ।
– जिम गरिरहेका महिलाले बढी चटपट,चिल्लो, पिरो, बोसोयुक्त खानलाई बन्देज गर्नुपर्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय