
उर्लाबारी । पछिल्लो पुस्ताको आकर्षण होटल म्यानेजमेन्ट पढाईमा बढ्दै गएको छ । यस विषय पढ्नका लागि पूर्वकै ख्यातीप्राप्त कलेज हो, डि इस्टर्न एमपायर कलेज अफ होटल म्यानेजमेन्ट ।
मोरङको उर्लाबारी–७ मा रहेको यो कलेजमा होटल म्यानेजमेन्ट अध्यननका लागि झापा, मोरङ, इलाम र सुनसरीबाट आउने गरेका छन् । पाँच बर्षअघि ३ जनाबाट सुरु भएको यो कलेजमा हाल १ सय २० जना विद्यार्थी अध्ययरत रहेका छन् । हालसम्म ३ सय भन्दा बढीले यहाँ अध्ययन पूरा गरी विश्वका विभिन्न ठाउँमा पुगेर राम्रो कमाई गरिरहेको प्रबन्धक निर्देशक सञ्जय आचार्यले जानकारी दिनुभयो । शिक्षा क्षेत्रमा केही गर्ने हुटहुटी जागेका ७ जनाको युवाहरुको समूह मिलेर यो कलेजको स्थापना भयो । प्लस टू होटल म्यानेजमेन्ट अध्यापन गराउँदै आएको यो कलेजले ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) प्रोग्राम सञ्चालनका लागि प्रक्रिया अघि बढाएको छ । विद्यार्थीहरुलाई झनै दक्ष बनाउने उद्देश्यले होटल मेनेजमेन्टका आधारभूत विषयहरुका प्राक्टिकलहरु मात्र नभएर अतिरिक्त प्राक्टिकलका कक्षाहरु जस्तै बेकरी, बारिस्ता, बारटेन्डीङ्ग, फ्लावर डेकोरेशनका साथै प्राथमिक उपचार र व्यक्तित्व विकास जस्ता महत्वपूर्ण विषयका कक्षाहरु समेत दिँदै आइरहेको सञ्चालक नारायण कट्टेलले जानकारी दिनुभयो । यसका साथै विद्यार्थीका सुविधालाई ध्यानमा राखेर गाडीको सुविधासमेत कलेजले दिइरहेको छ ।
होटल मेनेजमेन्ट विषय पढ्दा रचनात्मक हुने, जिम्मेवार बन्न सहयोग गर्ने, विभिन्न देशका भाषा र संस्कृति जान्न अबसर पाइने, एकभन्दा धेरै करियर विकल्प रहने, अन्तराष्ट्रिय भ्रमणको अवसर पाइने, कामबाट सम्मान र खुसि पाइने, उच्च स्तरको कमाइ गर्न सकिने धेरै फाइदा रहेको संस्थापक प्रिन्सिपल रेजिना विष्टले बताउनुभयो ।
डि इस्टर्न एमपायर कलेज अफ होटल म्यानेजमेन्टले आर्थिक रुपमा विपन्नलाई छात्रबृत्तिको साथै उर्लाबारी–७ को नमूना बाल गृहका एक जना विद्यार्थीलाई बार्षिक रुपमा पूर्ण निःशुल्क पढाउने घोषणा गरेको छ । कलेजले नाफामूलक भन्दा पनि सेवा मूलक भावनालाई आत्मसाथ गर्दै अघि बढेको संस्थापक प्रिन्सिपल विष्टको भनाई छ । यहाँ अध्ययन गरेका विद्यार्थी होटललगायत रिसोर्ट, रेष्टुरेन्ट, बैंक, मल्टिनेशनल कम्पनी, विमान कम्पनी, एयरपोर्ट, टुरिष्ट गाइड, ट्राभल एजेन्सी, बेकरी जताजतै जान सक्छन् । यहाँ पढेका विद्यार्थीको माग स्वदेश देखि विदेशमा माग अधिक छ ।