मिठो बोलिबचन, राम्रो ब्यबहार, हसाउने खुबी भएका र चटपटे बनाउन एकदमै सिपालु भएका यी भाइरल युवा दाजुभाइ चटपटे नामक पसल चलाएर बसेका छ्न ।

आजभोलि चटपटे खान आउने मान्छेहरुको त घुइचो हुन्छ नै साथमा उनिसग टिकटक बनाउन आउनेको झनै बढी घुइचो हुनेगर्छ ।हरेक मानिसहरु आफ्नो एउटा छुट्टै मौलिक कलाका साथ जन्म लिएका हुन्छ्न ।

कोहि गित गाउन माहिर हुन्छ्न त कोहि नाच्न, कोहि पढ्न माहिर हुन्छ्न त कोहि खेल्न । तर उनि भने मीठो बोलेर चटपटे बेचेर नै लोकप्रिय बन्दै गएका छ्न । उनको मुखबाट निस्किरहने शब्द हो “च्वास्सै बन्छ हजुर” जुन सबैले मन पराइदिएको छ्न ।

उनले “अमिलो, पिरो, गुलियो, खटमिठि, हजुर एकदम च्वास्सै स्वाद आउँछ” भनेपछी मन्त्रमुग्ध नहुने कमैमात्र होलान ।बिरगंजको बसपार्कमै घर भएका उनि आफू भक्तपुर बसेको २० बर्ष भैसकेको बताउछ्न । १५ बर्षदेखी चटपटे बनाउदै आएका उनले आफ्नो परिचय भने खुलाउन चाहेनन ।

दिनकै ३० हजारसम्म कमाउछ्न उनी तर उनले आफ्नो कमाइ पनि खुलाउन चाहेनन । मान्छे भनेको जतिले पनि नपुग्ने र सन्तृष्ट नहुने प्राणी हो भन्छन उनी । आज १ भए भोलि दुई खोज्छ र भोलि दुई भए पर्सि ४, त्यसैले मान्छेलाइ जतिले पनि पुग्दैन भन्छ्न उनि ।तर मान्छेलाइ यसरी व्याख्या गर्ने उनी आफू भने आफुसग जे छ त्यसैबाट एकदमै सन्तृष्ट रहेको बताउछ्न ।

निकै राम्रो चलिरहेको छ उनको ब्यबसाय, आफुलाइ सास फेर्नसम्मपनि हम्मेहम्मे परेको उनी बताउछ्न । उनी चटपटेदेखि लिएर चाट, कोकोनट, पानीपुरी र सुख्खापुरिको पनि बेच्दै आएका छ्न ।

हातमा र मुखमा नै जादु भएका उनिसग टिकटक बनाउन आउनेको पनि घुइचो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय