साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय चर्चामा छिन् छिन् । प्रमी देवांशुसँगको ब्रेकअपको कारण उनी चर्चामा आएकी छिन् ।

२०५२ मंसिर २ गते काठमाडौंमा मोडल महेशबिक्रम शाह र गायिका नेहा राज्यलक्ष्मी शाहको सन्तानको रुपमा जन्मिएकी उनले केही समयअगाडी २५ औं जन्मदिन मनाएकी थिइन् । चलचित्र ‘मारुनी’ मा उनले गरेको अभिनयले धेरैको मन छोएको थियो । एक अन्तर्वातामा बोल्दै उनले फिल्ममा क्रेजी प्रेमिकाको भूमिका निभाएकी साम्राज्ञीले वास्तविक जीवनमा प्रेमका लागि यतिसम्म पुग्न नसक्ने बनाएकी थिइन् ।

फिल्मका कारण मात्र नभएर साम्राज्ञी आफ्नो सुन्दरताका कारण पनि चर्चामा छिन् । सामाजिक सञ्जालमा समेत उत्तिकै सक्रिय रहने साम्राज्ञी पछिल्लो समय सबैभन्दा बढी चर्चामा आएकी नायिका हुन् । सुन्दरताका कारण सधै चर्चामा रहने साम्राज्ञीका यी तस्वीर हामीले उनकै इन्टाग्रामबाट लिएका हौं ।

नेपाली फिल्म क्षेत्रमा भुवन केसी निर्मित ‘ड्रिम्स’बाट अभिनय सुरु गरेकी शाहलाई पहिलो फिल्मबाटै सफलता हात पर्यो । त्यसपछि ‘ए मेरो हजुर २’ अभिनय गरेकी उनले त्यसपछि पछाडी फर्किएर हेर्नुपरेको छैन ।

अहिलेसम्म ‘तिमी सँग’, ‘कायर’, ‘रातो टिका निधारमा’, ‘मारुनी’, ‘इन्टु मिन्टु लण्डनमा’ अभिनय गरेकी उनी केही अगाडि अभिनेता भुवन केसीसँग बिवादमा समेत फसेकी थिइन् । शाहको प्रेम, ट्याटु र केही अभिव्यक्ति समेत चर्चाको बिषय बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय