रिया सेन बलिउडकि अति नै हट र सुन्दर नायिका मध्य एक हुन् ।

उनले फाल्गुणी पाठकको गीत ‘याद पीया कि आने लगी…’ गीतमा मोडलिङ गरेपछि काफी चर्चा पाएकि थिइन् । यहि गीत रिलिजपछि उनको करिअरमा उपाधी थपियो बोल्ड र सेक्सी ।

केही दिन अघि एक अन्तरवार्ताका क्रममा उनले भनिन् ‘यहि उपाधीले मलाई बलिउड फिल्म छाडन बा-ध्य बनायो ।’

सन १९९८ मा उक्त गीतमा काम गर्दा उनी १६ वर्षकि थिइन् । स्कुल पढ्दै मोडलिङमा डेब्यु गरेकी रियाले सोही भिडियो रिलिजपछि यौ-‘न दु-ब्र्यबहार सामानासमेत गर्नु पयो ।

त्यसपछि उनले भारतीराजको तमिल फिल्म ताज महलमा काम गरिन् । फिल्मले राम्रै चर्चा पाए पनि उपाधी झन घाँडो हुँदै गएको अनुभव गरिन् ।

‘त्यसपछि मलाई स्कुल जानै अप्ठयारो हुन थाल्यो । मान्छेहरु बाटोमा जम्मा भएर हेर्न थाले ।’

रियाले भनेकी छिन् ‘त्यसपछि मैले निर्णय गरेँ फिल्ममा अभिनय नगर्ने ।’ अहिले बनिरहेका फर्मुला बलिउड फिल्मप्रति सन्तुष्ट छैनन् । ‘अहिले बनिरहेको फिल्म भन्दा म राम्रो गर्न सक्छु तर, म अहिले जहाँ छु त्यसैमा खुसी छु । फेरि अभिनयमा फर्केर दुःख बेसाउन चाहन्न ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय