काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’ को निधन भएको छ । नेपाली हाँस्य टेलिशृङ्खला हल्का रमाइलोमा ‘बखते’ को उपनामले चर्चित कलाकार थापाको शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
दुई साताअघि कोरोना सक्रमित भएपछि थापालाई पाटन अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा झन् जटिलता देखिएको कारण भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । पछिल्लो समय चर्चित सिरियल ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा ‘खुइलीको बा’को भूमिकामा देखिँदै आएका थापाले ‘भद्रगोल’, ‘मेरी बास्सै’ लगायत थुप्रै सिरियल, विज्ञापन चलचित्र, चलचित्र अभिनय गरेका छन् । टेलिफिल्म मार्फत अरुलाई कोरोनाबाट बच्न सजग र सतर्क गराउँदा गराउँदै स्वयं उनी नै कोरोनाको सिकार भएर यो धरतीवाट बिदा भए ।