![](https://www.purbicommand.com/wp-content/uploads/2020/12/129957631_2856775914562711_3030302789616392831_o.jpg)
नायिका श्वेता खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग बैबाहिक जीवन सुरुवात गरेकी छिन् । लामो समय पीडा भोग्दै आएका श्वेताको मुहारमा खुशीको आभाष देखिन थालेको छ । सामाजिक सञ्जाल फेशबुक, टिकटक, इन्ट्राग्रामलगायतमा श्वेता र विजयेन्द्रको मायाप्रिति देख्न सकिन्छ भने युट्बमा पनि उनको विहेको भिडियोले स्थान अझै पाइरहेको छ । स्वेताले आफ्नो टिकटक एकाउण्टमा विजेन्द्रसँग भिडियोहरु हाल्दै आएकी छिन् भने विजेन्द्र पनि टिकटकमा सक्रिय देखिएका छन् । विजेन्द्रका परिवारका सदस्यहरुसँग पनि श्वेताले टिकटक बनाएर रमाइरहेको देख्न सकिन्छ ।
श्वेता र विजयेन्द्रको मंसिर २२ गते भब्यका साथ गोकर्ण फरेष्ट रिसोर्टमा भएको थियो । अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेको केही समयमै विछोडको चोट सिंगो चलचित्रसँगै उनले खेपेपछि उनी दुई चार वर्ष त विक्षिप्त नै थिइन् । त्यसबाट उठेले उनले नयाँ जीवनको खोजी गरेकी थिइन् । विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेका थिए ।
नायिका स्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग विसं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको विसं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो । यसपछि, स्वेताले चलचित्र ‘कान्छी’ निर्माण गरिन् ।
स्वेता पछिल्लो समय चलचित्रसँगै विभिन्न व्यवसायमा आवद्ध छिन् । मोडलिङबाट अभिनय यात्रा शुरु गरेकी स्वेताले ‘कहाँ भेटिएला’ फिल्मबाट चलचित्रमा प्रवेश गरेकी हुन् । जुन फिल्मलाई दर्शकले अत्यधिक मन पराए । उनले लगत्तै अन्य फिल्ममा राम्रो अभिनय गरीसकेकी छिन् । कहाँ भेटिएला फिल्म निर्माणको क्रममा अभिनेता श्रीकृष्णसँग उनको प्रेम बसेको थियो । तर प्रेम विवाह गरेको केही महिनामा नै श्रीकृष्णको निधन भयो । पतिको निधनपश्चात विचलित भएकी स्वेता चलचित्र भन्दा पनि सामाजिक कार्यमा व्यस्त थिइन् । कहाँ भेटिएला बाट अभिनय सुरु गरेकी खड्काले कहाँ भेटिएला, हाँसिदेउ एक फेर, श्रीमान श्रीमती, कोहिनुर लगायत फिल्म मार्फत आफूलाई सफल अभिनेत्री प्रमाणित गरिसकेकी छन् ।
फिल्म क्षेत्रमा प्रवेश र फिल्मी यात्रा
श्वेताको नृत्यबाट प्रभावित नृत्य निर्देशक विजय नकर्मीले उनलाई फिल्म खेल्न अफर गरे । सुरुमा त उनले यसलाई सामान्य रुपमा लिइन् र वेवास्ता गरिन् । पछि विजय सरले उनलाई कहाँ भेटिएला फिल्मको अडिसनमा जान आग्रह गरे । अडिसनबाट फिल्म युनिट प्रभावित भए र उनलाई फिल्म खेल्न कर नै गरे । घरमै आएर उनलाई फिल्म खेल्न कर गरिएको थियो । आफ्नो रुची बिना नै फिल्म क्षेत्रमा हात हालेकी स्वेताको पहिलो फिल्म कहाँ भेटिएला सफल भयो । यसमा उनले अभिनेता श्रीकृष्ण श्रेष्ठसँग काम गरेकी थिइन् । यो फिल्मको सुटिङ नसकिँदै स्वेतालाई दोश्रो फिल्म हाँसिदेउ एक फेरको प्रस्ताव आयो । दोश्रो फिल्ममा पनि उनले मन नहुँदा नहुँदै काम गरिन् । हाँसिदेउ एक फेर पनि केही मात्रामा सफल भयो। एक पछि अर्को फिल्मको प्रस्ताव आइरहेको उनलाई फेरि श्रीमान श्रीमती को प्रस्ताव आयो । आफूलाई फिल्म क्षेत्रमा ल्याउने अभिनेता श्रीकृष्ण श्रेष्ठको जोडी भएर काम गर्नुपर्ने भएकाले पनि उनले त्यस फिल्ममा अभिनय गरिन् । श्रीमान श्रीमतीले पनि उनलाई सफलता नै दियो।
२०७१ सालमा प्रदर्शनमा आएको फिल्म कोहिनुर त्यसबेलाको सर्वाधिक कमाइ गर्ने फिल्म हो । जुन फिल्ममा उनले तेस्रो पटक नायक श्रीकृष्ण श्रेष्ठसँग जोडी बाँधेकी थिइन् । त्यस फिल्ममा उनको पनि लगानी थियो। फिल्म अत्यधिक सफल भयो। तर यो फिल्मको सफलताबारे उनलाई धेरै पछिमात्र थाहा पाइन् ।
विबाह र पति बियोग ः
कोहिनुर फिल्ममा काम गरेसँगै स्वेता खड्का र श्रीकृष्ण श्रेष्ठले विवाह गरे । फिल्म प्रर्दशनमा आउने तयारी हुँदै गर्दा उनीहरु हनिमुन मनाउन भारततर्फ गए । विवाहको एक महिना नपुग्दै पति श्रीकृष्ण श्रेष्ठको निधन भयो । श्रीकृष्णको निधन हुनु दुई दिन अगाडि उनी अभिनित फिल्म कोहिनुर प्रर्दशनमा आएको थियो । फिल्म अति नै सफल भयो तर स्वेतालाई त्यस कुराले केही मात्रमा पनि खुशी बनाउन सकेन । पतिको मृत्युपछि लगभग १ बर्षसम्म स्वेताले आफूलाई नियन्त्रणमा लिन पनि सकिनन् । उनले लगातार १ बर्षसम्म डिप्रेसनको औषधी खाइन् । उनी उपचारका लागि अमेरिका जाँदा एउटा कार्यक्रममा सहभागी भइन् । त्यहाँ उनले दर्शकको अत्यधिक माया पाइन् । त्यसपछि उनी सार्वजनिक कार्यक्रमहरुमा देखिन थालिन् । कार्यक्रममा जादा दर्शकले देखाएको मायाले उनलाइ केही हदसम्म जिउने हौसला मिल्यो
फिल्म निर्माण र समाजसेवा
स्वेता खड्का फिल्म निर्माणसँगै समाजसेवामा पनि सहभागी छन् । उनले सिन्धुपाल्चोकको माझी गाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेकी छिन् । उनी ब्यवसायमा पनिउत्तिकै सक्रिय रहेकी छिन् । विभिन्न संघ संस्था र व्यक्तिले सामाजिक कार्य गर्ने भन्दै सामाजिक सञ्जाल तथा मिडियामार्फत प्रचार गरिरहेको बेला अभिनेत्री श्वेताले कसैले थाहै नपाउने गरी थुप्रै घरहरू बनाएर गरिव जनताको मन जितेकी थिइन् ।
अभिनेत्री खड्काले गुपचुप रुपमा एउटा बस्ती नै निर्माण गरेकी थिइन् । हेर्दा चिटिक्क देखिने बस्तिका घरहरु देख्दा मन नै लोभ्याउने खालको छ ।
स्वेता श्री फाउन्डेसनको अभिभावकत्व तथा संरक्षणमा सिन्धुपाल्चोकको माझी बस्ती निर्माण भएको हो । खड्का सबैको प्रेरणाकी स्रोत बनेकी छिन् । श्वेताश्री फाउण्डेशनमार्फत अभिनेत्री खड्काले भूकम्पपछि तहसनहस बनेको सिन्धुपालचोकको माझी बस्तीका ५३ घर बनाएकी हुन् ।