मिस नेपाल तथा अभिनेत्री निकिता चाण्डकले बलिउड फिल्म खेल्ने भएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा भारतका चर्चित निर्देशक सञ्जय लिला भन्सालीसँग फोटो सेयर गर्दै बलिउड यात्रा सुरु भएको जानकारी दिएकी हुन् ।
निर्देशक भन्सालीसँग सहकार्य गर्न पाउँदा उत्साहित रहेको भन्दै उनले लेखेकी छन्, ‘सञ्जय लीला भन्साली सरको सिने जगतको सानो हिस्सा बन्न पाउँदा धेरै कृतज्ञ र उत्साहित छु । भारतमा मेरो पहिलो योजना यो भन्दा राम्रो हुन सक्दैन ।’ उनले आफ्नो कामबारे खुलाइकी छैनन् ।
अभिनेत्री मनिषा कोइरालापछि निर्देशक भन्सालीसँग सहकार्य गर्ने दोस्रो नेपाली कलाकार हुन् निकिता । निर्देशक भन्साली यतिबेला २ सय करोडमा फिल्म ‘लभ एन्ड वार’ बनाइरहेका छन् । फिल्ममा रणवीर कपूर, विक्की कौशल र अभिनेत्री आलिया भट्ट मुख्य भूमिकामा छन् ।

निकिता अभिनीत फिल्म ‘राजागंज’मा हलमा प्रदर्शनरत छ । फिल्ममा उनी इन्सपेक्टर ममता गुप्ताको भूमिकामा छिन् । उनको अभिनयको प्रशंसा पनि भइरहेको छ । फिल्मका निर्देशक दीपक रौनियार हुन् । निकिताको यो तेस्रो फिल्म हो । उनले विराज भट्ट निर्देशित ‘साङ्लो’बाट नेपाली फिल्ममा डेब्यु गरेकी हुन् । दोस्रो फिल्म ‘द सेमलेस’ मा उनको अभिनय छ । फिल्मका निर्देशक बुल्गेरियाली निर्देशक कोन्सटान्टिन बोन्जोभ हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय