
महिला र पुरुषको सम्बन्ध एक रथको दुई पाङ्ग्राका रुपमा लिइन्छ । पारिवारिक सम्बन्ध मजबुत बनाउन उनीहरुबीच सहकार्य र सद्भाव हुनु जरुरी हुन्छ । उनीहरुबीच विश्वास हुनुपर्छ ।
युवा युवतीमा यस्तो विश्वासको अभाव खड्किएको पाइन्छ । यदि कुनै युवतीलाई मन पराउनुहुन्छ भने तपाईँले केही आफ्नो आनीबानीमा पक्कै परिवर्तन ल्याउन जरुरी हुन्छ ।
प्राय महिलाहरूले पुरुषका यस्ता गुणहरू मन पराउँदैनन्, जुन निम्न छन्–
फ्लर्ट गर्ने पुरुष
पुरुषमा फ्लर्ट गर्ने बानी सामान्य हुन्छ । यस्ता पुरुष जो सुकै महिलालाई देखेर उनीहरूसँग फ्लर्ट गर्न सुरु गर्छन् । यस्ता पुरुषबाट पनि महिला टाढा हुन्छन् ।
आफ्नै तारिफ गर्ने पुरुष
कुनै पनि महिलाले पुरुष आफैले आफ्नो औधी तारिफ गरेको फिटिक्कै मन पराउँदैनन् । आफ्नै तारिफ गर्ने पुरुषबाट महिला टाढा भाग्छन् ।
केयर नगर्ने पुरुष
महिलालाई केयर गर्ने पुरुष निकै मनपर्छ । पुरुषको केयरिङ स्वभावले महिलालाई उनीहरूतर्फ आकर्षित गराउँछ । यसको विपरीत यदि कोही पुरुषले उनीहरूको मेसेज र फोन कलको जवाफ दिएनन् भने यस्ता पुरुष महिलालाई मन पर्दैन ।
सधैँ प्रश्न गर्ने पुरुष
पुरुषहरू आफ्ना प्रेमिकाप्रति निकै सशङ्कित हुन्छन् । हरेक कुरामा प्रश्न गरिरहेका हुन्छन् । कहिले कति बजे कहाँ गइरहेका छन् उनीहरूलाई हरेक कुराको जानकारी चाहिन्छ । चाहिनेभन्दा बढी सवाल–जवाफ गर्ने पुरुष पनि महिलालाई मनपर्दैन ।
पुरुष मित्रसँग ईर्ष्या गर्ने पुरुष
धेरैजसो पुरुषलाई आफ्नी प्रेमिकाका पुरुष साथीहरू मन पर्दैन । ती महिला आफ्ना प्रेमीका लागि जतिसुकै इमानदार किन नहोस् शङ्का गर्न छाड्दैनन् । प्रेमिकाको पुरुष साथीसँग जहिले पनि पुरुषले ईर्ष्या नै गरिरहेका हुन्छन् । यस्ता पुरुषबाट पनि महिला टाढा भाग्ने गर्छन् । -पत्रपत्रिकाकाे सहयोगमा