नेपाल र भारतमा उल्लेखनीय प्रशंसा प्राप्त गरेको ‘प्रेमगीत ३’ नेपालबाट अफिसियल्ली हिन्दीमा डबिङ गरिएको पहिलो सिनेम्याटिक प्रयास थियो। यस फिल्मले अपेक्षा भन्दा बढी चर्चा बटुल्न र आर्थिक लाभ हासिल गर्न सफल भयो।

अब, उनै निर्देशक सन्तोष सेन ऐतिहासिक सिनेमा ‘बलिदान’को छायांकनको तयारीमा व्यस्त छन्। इटहरी, तरहरा, कानेपोखरी र रंगेलीमा तीव्र गतिसँगै सेट निर्माण भइरहेको छ, जहाँ उनी लगातार ५ महिनादेखि कार्यरत छन्। उनले छिट्टै सुटिङ प्रारम्भ हुने जानकारी दिए। आजको लामो भेटघाट र छलफलका क्रममा सेनले नेपालका सातै प्रदेशमा सुटिङ गर्दै अलग-अलग सिनेमा बनाउने आफ्नो अभिलाषा पनि व्यक्त गरे।

उनी र उनको टोलीलाई हाम्रो प्रदेशमा पुनः स्वागत गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौं। यो हाम्रो क्षेत्रलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन एक दुर्लभ अवसर हो। सेनले काठमाण्डौमा बसेर गुगल म्यापको आधारमा कानेपोखरी लगायतका प्राकृतिक र रमणीय स्थानहरूको चयन गरेको बताए।

‘बलिदान’ नेपाली, हिन्दी लगायत चार भाषामा निर्माण हुनेछ। यस सम्बन्धी विस्तृत विवरण क्रमशः सार्वजनिक गरिनेछ।

लिलाराज खतिवडा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय