कलाकारितामा जम्दै गरेका धनुष महतो आफ्नो सानैदेखिको कलाकार बन्ने सौख पूरा हुँदा हर्षित छन् । उर्लाबारी–६ निवासी धनुषले सानैदेखिको कलाकारितामा लाग्ने सोच बनाएका थिए । कलाकारिता भनेपछि मरिमेट्ने धनुषले ठूलो पर्दाको फिल्म रंगेलीमा पनि काम गरेका छन् । कान्छी बुहारी, छोरा सौताको, निःस्वार्थ प्रेमलगायत टेलिसिरियलमा काम गरिसकेको धनुष अहिले आफ्नै टिममार्फत हत्तेरी कुरै मिलेन टेलिसिरियल बनाइरहेका छन् । दमदार अभिनय गर्ने धनुषले द बेष्ट पर्सनलगायत अन्य धेरै सन्देशमूलक फिल्महरुमा काम गरिरहेका छन् ।
कलाकारिता गर्न पाउँदा आफू सन्तुष्ट रहेको धनुष बताउँछन् । धनुष भन्छन्, ‘कलाकारितामा होमिएँ, अब यसैमा लागेर जीवन बिताउन चाहन्छु ।’ आफ्नो क्षमता र कलालाई निखार ल्याउन मेहेनत गरिरहेका धनुषले आफ्नो प्रभाव जमाउँदै लगेका छन् ।