अञ्जली अधिकारी लोकदोहोरी क्षेत्रकी चर्चित मोडल हुन् । ‘बोलमाया’, ‘गलबन्दी’ जस्ता गीतबाट चर्चामा आएकी उनी भिडियो अभिनय कारणले बेलाबेलामा चर्चामा छाउने गरेकी छन् ।
अहिले भने उनको चर्चाको विषय उनले सामाजिक संजालमा राखेको दुई तस्बिर भएको छ । शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकको स्टोरीमा एक युवकसँग दुई तस्बिर राखेकी छन् । तस्बिरमा दुवैजना रोमान्टिक देखिएका छन् । जुन तस्बिरलाई लिएर धेरै जनाले प्रेमी–प्रेमीका भएको अनुमान गरिरहेका छन् ।
अञ्जलीले ती युवकसँगको तस्बिर शेयर गरेको पहिलोपटक भने होइन । यसअघि पनि उनले केहीपटक ती युवकसँग तस्बिर सेयर गरिसकेकी छन्, जसले अञ्जली केही समयदेखि प्रेममा रहेको अनुमान समेत गरिएको छ । ती युवकको विषयमा भने उनले केही कुरा खुलाएकी छैनन् । उनी निकटका कुरा पत्याउने हो भने उनी ती युवकसँगको प्रेममा रहेकी छन् । यस विषयमा उनीसँग बुझ्न खोज्दा समय आएपछि सबै कुरो खोल्ने भन्दै फोन काटिन् ।