
नवगायक नरेश पौडेलको निष्ठुरी मायालुलाई बोलको गीतको भिडियो सार्वजनिक भएको छ । आज कृषा अफिसल युट्बमार्फत भिडियो सार्वजनिक भएको हो । उर्लाबारीका विवेक हिङमाङले निर्देशन गरेको उक्त भिडियोमा भूपाल काफ्ले, निशा परियार, रचना लुईटेल, नेत्र भण्डारी, नरेश पौडेललगायतको अभिनय रहेको छ । भिडियो विवेक पौडेलले खिचेका हुन् । उक्त गीत जीवन चिमरियाले लेखेका हुन् ।