उर्लाबारी । मोरङको उर्लाबारीमा जारी प्रादेशिक महोत्सवको आज दोस्रो दिन गायिका रचना रिमालको प्रस्तुति रहने भएको छ ।
गायिका रिमालसँगै मानसराजको पनि प्रस्तुति रहने आयोजकका महासचिब हेमराज गुरुङले जानकारी दिनुभयो । आज गायिका रिमालले महोत्सव तताउने आयोजक समितिका संयोजक चन्द्रबहादुर भट्टराईले बताउनुभयो । अहिलेसम्म उत्साजनक सहभागिता रहेको उहाँको भनाई छ ।
उर्लाबारी उद्योग वाणिज्य संघको आयोजनामा २९ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेपाललगायत भारत, पाकिस्तान र बंगलादेशका गरी १७० स्टल राखिएको महोत्सव आयोजक समितिका सह–संयोजक प्रितम खड्गीले जानकारी दिनुभयो । ९ दिनसम्म सञ्चालन हुने महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने र २५ करोडको कारोबार हुने अपेक्षा गरिएको आयोजक उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारीले बताउनुभयो । उर्लाबारी–४ नगरपालिका कार्यालय पूर्वपट्टि महोत्सव लगाइएको छ ।
ADVERTISEMENT