![](https://www.purbicommand.com/wp-content/uploads/2022/03/miss-urlabari.jpg)
उर्लाबारी । युवतीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले तेस्रो संस्करण मिस उर्लाबारीको पहिलो अडिसन गरिएको छ ।
सेन्ट्रल फेशन हव उर्लाबारीको आयोजनामा हुने मिस उर्लाबारीको पहिलो अडिनमा १८ जना युवतीहरुको सहभागीता रहेको आयोजक समितिका संयोजक जीवन चिमरियाले जानकारी दिनुभयो । दोस्रो चरणको अडिसन यही शनिबार हुने उहाँले जानकारी दिनुभयो । पहिलो चरणको अडिसनमा मिस पूर्वाञ्चल २०१९ की विजेता रिजु भट्टराई, बैंकिङ क्षेत्रबाट सुमन गिरी, सामाजिक क्षेत्रबाट सरिता केसी, शिक्षा क्षेत्रबाट ज्ञानेन्द्र सुनारले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । दोस्रो चरणको अडिसन सकेर सहभागीहरुको फाइनल नाम सार्वजनिक गर्दै बन्द प्रशिक्षण थाल्ने आयोजकले जनाएको छ । यस पटक मिस उर्लाबारीमा सहभागीहरुले कुनै शुल्क तिर्नु नपर्ने भएको छ । प्रशिक्षण शुल्क समेत नदिने संयोजक चिमरियाको भनाई छ ।