![](https://www.purbicommand.com/wp-content/uploads/2022/02/Paul-Shah-Samikshya-Adhikari.jpg)
काठमाडौं :केही दिन देखि नायक पल शाह प्रेमको कारण विवादमा मुसिएका छन् । गायिका समीक्षा अधिकारीसँगको सम्बन्धको कारण विवादमा आएका पलको अडियो रिलिज भएसँगै यो चर्चा अझै चुलिएको हो । अडियोमा पल र समीक्षाबिचको कुराकानी यति बेला सामाजिक सञ्जाल भरी सजिलै सुन्न सकिन्छ ।
गायिका समीक्षा अधिकारीले हिज नै किटानी जाहेरी गर्दा गराएकी छन् । अधिकारीले शाहविरु’द्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी हुन् ।
एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि कर णी गरेको उनले उजुरीमा उल्लेख गरेकी छन् । १८ वर्षभन्दा कम उमेरकी अधिकारीले शाहले आफूमाथि फकाएर कर णी गरेको दाबी गर्दै आएकी छन् ।
यता अडियो रिलिज भएसँगै पलले आफ्नो अफिसियल अकाउन्टबाट स्ट्याटस अपलोड गरेका छन् । उनले लेखेको स्ट्याटसमा अडियो भित्र बोेलेकोे व्यक्तीको आवाजहरु आफ्नै साथीहरुले फसाउन खोजेको प्रमाण अगाडी ल्याईदिएका छन् ।
आज बिहान पलले आफ्नो फेसबुकमा स्टाटस लेख्दै भनेका छन् :
नमस्कार म पल शाह
म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथी गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।
केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीछ्या अधिकारी द्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्र’हार गरिएको छ ।
उक्त अडियो क्लिपमा भनिए अनुसार ” पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि ज’वर्ज’स्ती गर्न खोज्यो” , “हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो” साथै ” घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मा’र्न लगाइयो ” लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला ।
यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका समिछ्या अधिकारिलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्रकार रहेको छ ।
१- साथी दुर्गेश थापा
२- ठुल्दाई सरोज ओलि
३- भाई कृष्ण जोशी
४- सम्राट चौलागाई