उर्लाबारी । उर्लाबारी उद्योग वाणिज्य संघ सधैं उद्योगी व्यापारीहरुको हितमा क्रियाशिल रहेको जनाइएको छ ।  संघले पत्रकार सम्मेलनमा गरी ३ बर्षमा २३ वटा बुँदागत उपलब्धी सार्वजनिक गरेको हो ।

 

संघका अध्यक्ष शेरबहादुर भण्डारीले आर्थिक मन्दीका कारण धरायसी उद्योगी व्यापारीहरुको समस्याका बारेमा तीनै तहका सरकारको ध्यानाकर्षण गराइएको दाबी गर्नुभयो ।
संघको कामको विवरणमध्ये पुँजीका आधारमा स्थानीय कर निर्धारण गर्नुपर्छ भनी नगरपालिकाको ध्यानाकषर्ण गराउँदा कर घटाइएको अध्यक्ष भण्डारीले बताउनुभयो ।
उपभोक्ता नठगिउन भनेर गुणस्तर तथा नापतौल विभाग मार्फत् नियमित ढक तराजु चेकजाँच गरिनुका साथै साना व्यवसायीहरुका लागि प्रत्येक आर्थिक वर्षको भदौमा करको आय विवरण भरी कर चुक्ता प्रमाणपत्र उपलब्ध गराउँदै आएको भण्डारीले जानकारी दिनुभयो । आर्थिक मन्दीको समयमा समेत बैंकले मनपरी ढंगले व्याजदर बढाएको विरोधमा संघले सशक्त विरोध जनाएको थियो । धितो लिलामी प्रक्रियालाई रोक्न बैंक तथा वित्तिय संस्थाहरुलाई ज्ञापनपत्र दिइएको र स्थानीय सरकारलाई घर बाटो सिफारिस नगर्न पत्रचार गरिएको भण्डारीले उल्लेख गर्नुभयो ।
गत वर्षको लक्ष्मी पुजाका रात उर्लाबारी–७ का दिपक कार्कीको पसलमा आगलागी हुँदा त्यस घटनमा परी मृत्यु तथा घाइते भएका व्यक्तिका परिवारलाई ३२ हजार रुपैयाँका दरले स्वेच्छिक सहयोग संकलन गरी राहत वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा संघका पूर्व अध्यक्ष प्रितम खड्गीले विद्यमान समस्याका रुपमा रहेको घरवहाल कर सुधारका लागि प्रयास गरिएको तर अझैपनि सोचेअनूरुप सुधार नभएको बताउनुभयो । कार्यक्रम महासचिव हेमराज गुरूङले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय