उर्लाबारी । नेपालका लागि हिरो मोटोकर्पका आधिकारीक बिक्रेता सिजी मोटर्सले पहिलो पटक ‛हिरो एक्सचेञ्ज’ र इभल्भ सोरुम एक्सचेञ्ज आयोजना गरेको छ । बिहीबारदेखि सुरु भएको उक्त अफर असार १५ गतेसम्म संचालन हुनेछ ।
देशभर चलिरहेको उक्त मेलामा ग्राहकले कुनै पनि ब्राण्डका मोटरसाइकल एक्सचेञ्ज गर्दा बजार मूल्यांकन भन्दा ८ हजार बढीको मूल्यांकन पाउने आयोजकले जनाएको छ ।
साथै, एक्सचेञ्ज अफरमा ७ हजार रुपैयाँसम्मको नगद छुट तथा निशुल्क हेलमेट पनि वितरण गरिने उर्लाबारीको आधिकारीक विक्रेता दिनय इन्टरप्राइजेजका सञ्चालक सुरेन्द्र लिम्बूले जानकारी दिनुभयो । एक्सचेञ्ज अफरमा ग्राहकहरुले हिरो एक्स पल्स, सुपर स्प्लेण्डर, स्प्लेण्डर प्लस, स्प्लेण्डर र जुमका दुई प्राङग्रे सवारी लिन सक्ने उहाँको भनाई छ । सिजी मोटर्सले हिरो मोटोकर्पसँग मिलेर केहि समय अघि मात्रै नेपालमा आक्रामक व्यापार योजना घोषणा गरेको छ । यसका अलबा ग्राहकहरुलाई उक्त ईन्टरप्राईजेजमा हिरो ब्राण्डका नया मोटरसाईकल तथा स्कुटर खरिदमा विषेश छुट उपलब्ध दिँदै आएको सञ्चालक लिम्बूले बताउनुभयो ।
ADVERTISEMENT