दिपेन्द्रबहादुर विश्वकर्मा
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका वार्ड नं. ५ रहेको कुमारी बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।
‘दिगो बिकास र लक्ष्य प्राप्तिको लागि सहकारी’ भन्ने नारा सहित उर्लाबारी उद्योग बाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा संस्थाले अघिल्लो आर्थिक बर्षको प्रगति प्रतिबेदन अध्यक्ष मनिलाल श्रेष्ठ, भाबी योजनाको प्रतिबेदन सचिव यसोदा श्रेष्ठ र कोषाध्यक्ष हेमचन्द्र श्रेष्ठले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा समितिको प्रतिबेदन संयोजक तिलक मानन्धरले प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिबेदन सुझावसहित पारित गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेवा देय दवु केन्द्रीय सदस्य प्रकाश खड्की रहनु भएको थियो । उर्लाबारी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रितम खड्की , संस्थापक अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ , सुनचाँदी व्यवसायी संघका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ लगायत अतिथि रहनुभएको थियो । संस्थाका अध्यक्ष मणिलाल श्रेष्ठले प्रगति प्रतिवेदन, सचिब यसोदा श्रेष्डले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष हेमचन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रतिबेदन अनुसार १ करोड ७ लाख १७ हजार ५ सय रुपैयाँ शेयरपुँजी रहेको र ८ करोड ३४ लाख ६९ हजार ५ सय ४२ रुपैयाँँको कुल कारोबार गरी ९ लाख ३० हजार १ सय ४६ रुपैयाँ नाफा गर्न सफल भएको थियो । संस्थाले सेयर सदस्यको हितका निम्ति विभिन्न कार्यक्रमहरु प्रस्तुत गर्दैं पुरस्कार तथा सम्मान, अपाङ्गता सहायता, आर्थिक सहयोग , सर्पदंश, दुर्घटना सहयोग र प्रसुती खर्च समेत प्रदान गर्दै आएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । संस्थाले यस बर्ष २० जना ज्येष्ठ नागरिकहरुलाई विगतका बर्षहरुमा झैं सम्मान तथा पुरस्कृत गरेको छ । २०६५ मा स्थापित सहकारीमा उर्लाबारी , मिक्लाजुङ , पथरीशनिश्चरे र रतुवामाईका ९ सय २३ जना सदस्यहरु रहेका छन् । संस्थाका उपाध्यक्ष गोपाल श्रेष्ठले स्वागत मन्तब्य राख्नुभएको थियो ।
ADVERTISEMENT