दमक । दमक उद्योग बाणिज्य संघको अध्यक्षमा देवी प्रसाद गुरागाईं ( गोपाल) निर्वाचित हुनुभएको छ ।
लोकतान्त्रिक समूहबाट उम्मेद्वार बन्नुभएका उहाँले ९८५ मत ल्याएर सानदार विजयी हासिल गर्नुभएको हो । उहाँका प्रतिष्पर्धी प्रगतिशीलका बिमल खतिवडाले ६५१ मत मात्रै पाउनुभयो । नेपाली कांग्रेस, राप्रपासहितको संयुक्त लोकतान्त्रिक व्यवसायी समूहले नेकपा एमाले, नेकपा माओवादीसहितको प्रगतिशील समूहको गठबन्धनलाई हराउँदै सबै पदमा जित हासिल गरेको छ । आज विहान ४.३० वजे घोषणा गरिएको मतपरिणाम अनुसार संघको वरिष्ठ उपाध्यक्षमा राजु खड्काले ८८२ मत ल्याई विजयी हुनुभयो भने उहाँका प्रतिष्पर्धी प्रगतिशीलका राजन दंगालले ७१५ मत ल्याउनुभयो । यसैगरी, प्रथम उपाध्यक्षमा लोकतान्त्रिकका राजकुमार योङयाले ८२९ मत ल्याएर बिजयी हुदाँ उहाँका प्रतिद्धन्दी प्रगतिशीलका भरत चम्लागाईले ७८३ मत पाउनुभयो । यस्तै, द्वितिय उपाध्यक्षमा प्रगतिशीलकी उम्मेदवार बिन्दु सिटौला (लक्की ) ले ६०३ मत पाउनुभयो भने विजयी ज्ञाननाथ पौडेल (ज्ञानु )ले १००७ मतका साथ विजयी हुनुभयो । । यस्तै, तृतीय उपाध्यक्षमा रुबल अधिकारीले ९६९ मत ल्याएर विजयी हुनुभयो भने उहाँका प्रतिद्धन्दी प्रगतिशीलका असिम राईले ६३१ मत पाउनुभयो ।
यस्तै, दुई सदस्य महिला सदस्यको कोटामा दुवै समूहले बरावरी जितेको छ । जसअनुसार कविता अधिकारीले १०१२ र लोकतान्त्रिककी संगीता तुम्बापो १०६८ मतका साथ विजयी हुनुभयो । यस्तै, प्रतिष्पर्धी गंगा अधिकारीले ८७३ मत पाउनुभयो । यसैगरी, खुल्ला छ जना सदस्यमा उमेश गजमेर, टिकाराम खतिवडा, तुलसीराम तिम्सिना, कमल कटुवाल, सुवासचन्द्र गड्तौला र हेमसागर अधिकारी विजयी हुनुभयो ।
त्यस्तै, लेखा समिति संयोजकमा लोकतान्त्रिककै नेत्र प्रसाद चम्लागाईले ९६५ मत प्राप्त गरि विजयी हुनुभयो । उहाँका प्रतिष्पर्धी प्रगतिशीलका मुकुन्द आचार्यले ६७१ मत पाउनुभयो । तीन सदस्यीय लेखामा अन्य दुई जना सदस्य भने निर्विरोध निर्वाचित हुनुभएको थियो । २२ सदस्यीय नयाँ कार्यसमितिमा संघको महिला उपाध्यक्षसहित ७ सदस्यीय बस्तुगत सदस्य तथा लेखा समिति सदस्यका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक लीला गुरागाईले बताउनुभयो । जसअन्तर्गत महिला उपाध्यक्ष पदमा शुष्मा निरौला केसी ,बस्तुगततर्फ सदस्यतर्फ मोवाइलबाट भेनस श्रेष्ठ, रेडिमेडका संजीव बराल, सुनचाँदीका विवेक श्रेष्ठ, अटो मोबाइलका प्रकाश नेपाल, ग्याँसका तिलक डाँगी, भाडावर्तनकी अञ्जना ताम्राकार र किरानाका दिपक प्रसाद गौतम निर्वाचित हुनुभयो । ती मध्ये गौतम मात्र एमाले निकटका हुनुहुन्छ ।यस्तै, तीन सदस्यीय लेखा समितिको सदस्यमा संयुक्त लोकतान्त्रिकका पदम राउत र एमाले समर्थित समूहबाट षडानन्द घिमीरे निर्विरोध हुनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय