
उर्लाबारी । उर्लाबारीमा यहि माघ २१ देखि २९ गतेसम्म संचालन हुने प्रादेशिक औद्योगिक ब्यापारिक कृषि तथा पर्यटन महोत्सब २०७९ लाई सफल बनाउन नेपाल उद्योग बाणिज्य संघले सहयोग गर्ने भएको छ । आज उर्लाबारी उद्योग बाणिज्य संघसंगको छलफलमा महासंघमा अध्यक्ष शेखर गोल्छाले उर्लाबारी महोत्सव सफल बनाउन लागिपर्ने प्रतिबद्धता जनाउनु भएको हो । छलफलमा महासंघका पुर्ब अध्यक्ष भवानी राणा, अन्जन श्रेष्ठ, रामचन्द्र संघाई, दिनेश श्रेष्ठ लगायतले उर्लाबारी महोत्सव सफल बनाउन सहयोग गर्दै आफुहरुको ब्यबसायिक स्टल पनि राख्ने बताउनु भएको महोत्सवका कार्यक्रम संयोजक भरत भट्टराईले जानकारी दिनुभयो ।
टाेलीमा उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारी, महोत्सवका कार्यक्रम संयोजक भरत भट्टराई, सह संयोजक प्रितम खड्गी लगायत रहनु भएको छ । उर्लाबारी महोत्सवको तयारी तीब्र पारिएको छ ।