उर्लाबारी । दिनप्रतिदिन महँगीको मारमा सर्वसाधारण परेका छन् भने बजार अनुगमन गर्न सम्बन्धित निकायले चासो दिएको छैन ।
मोरङको उर्लाबारीमा व्यापारीले मनपरी उपभोग्य सामानको मूल्य लिने गरेका उपभोक्ताहरु बताउँछन् । एउटै सामानको पसलै पिच्छे फरक फरक मूल्यमा विक्री हुने गरेको छ भने मिति सकिएका समान पनि बजारमा छ्याप्छ्यास्ती विक्री वितरण हुने गरेको छ । चिसो पदार्थ म्याद सकिएपनि बजारमा बिक्री भइरहेको पाइन्छ । तर, सरोकार निकाय कानमा तेल हालेर बसेको छ । व्यापारीले उपभोक्ताको ढाडै सेक्ने गरी मूल्य वृद्धि गराएपछि सर्वसाधारण जनता मारमा परेका छन् । चाडपर्व नजिकिँदै गएकाले बजार अनुगमन गर्न आवश्यक देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय