उर्लाबारी । मोरङको उर्लाबारीका ब्यवसायीहरुको साझा संस्था उर्लाबारी उद्योग बाणिज्य संघको ३४ औँ वार्षिक साधारणसभा यही भदौँ १८ गते शनिवार हुने भएको छ ।
संघको आज बसेको कार्यसमिति बैठकले भदौ १८ गते साधारणसभा गर्ने निर्णय गरेको हो । अध्यक्ष शेरबहादुर भण्डारीको सभापत्विमा भएको बैठकले एक वर्षको अवधिमा भएका कार्य योजना प्रस्तुतलगायतका कार्यक्रम हुने कार्यसमिति सदस्य एवम् साधारणसभा प्रचारप्रसार संयोजक नुतन राईले जानकारी दिनुभयो । संयोजक राईले उर्लाबारी नगरपालिकाभित्र ब्यापार ब्यबसाय गरेर बस्नु भएको ब्यापारीहरुलाई साधारणसभामा उपस्थित भई अमुल्य सल्लाह सुझाव दिन आह्वान समेत गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय