मोरङ, १ नं. प्रदेश प्रहरी कार्यालय RIT समुहबाट खटिएको प्रहरी टोलीले मोरङबाट, लेनदेन मुद्धाका फरार प्रतिबादीलाई पक्राउ गरी सम्मानित जिल्ला अदालत बुझाएको छ । पक्राउ पर्नेमा विराटनगर – ०५ का ५० बर्षीय भरौसी चौधरी रहेका छन् ।

चौधरीलाई सम्मानित जिल्ला अदालत मोरङको २०७८/१२/०३ गतेको फैसला आदेशले १ महिना कैद र ५ हजार जरिवाना तोकिएको थियो । अदालतबाट सजाय तथा जरिवाना तोकिएता पनी हाल सम्म फरार रहँदै आएका चौधरीलाई खोजतलास गर्ने क्रममा गाऊघरमानै लुकीछिपि बसेको अबस्थामा बिहिवार बिहान पक्राउ गरिएको थियो । पक्राउ परेका चौधरीलाई सम्मानित जिल्ला अदालतमा दाखिला गरिएकोमा तोकिएको कैद भुक्तानको लागी मोरङ जिल्ला कारागार पठाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय