दमक, उर्लाबारीमा मुख्य कार्यालय रहेको सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले आइतबारदेखि दमकमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
दमक ६ स्थित जेसीज चोकमा सञ्चालनमा आएको संस्थाको सेवा केन्द्र कार्यालयको बैदिक विधि अनुसार पूजापाठ गरि औपचारिक रुपमा शुरु गरिएको हो ।
कार्यालयको उदघाटन संस्थाका अध्यक्ष गोपाल भट्टराई, लेखा समिति संयोजक राजु तिम्सिनासहित शेयर सदस्यहरुले सामुहिक रुपमा गरेका संस्थाका कार्यकारी प्रमुख थरेन पौडेलले जानकारी दिए । करिब १२ बर्ष अघि उर्लाबारीमा स्थानीय युवा व्यवसायीहरुको सक्रियतामा स्थापना भएको सो संस्थाले यसअघि मोरङको मिक्लाजुङस्थित मधुमल्ला र पथरीशनिश्चरेस्थित पथरी बजारमा सेवा केन्द्र सञ्चालनमा ल्याइसकेको छ ।
संस्थाका कार्यकारी प्रमुख पौडेलले सदस्यहरुको माग अनुसार सेवा प्रवाहमा सहजता ल्याउन प्रदेश एकका विभिन्न स्थानमा सेवा केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिए । १० हजार भन्दा बढी सदस्य संख्या रहेको सो संस्थाले एक बर्ष अघिनै दमक क्षेत्रका सदस्यहरुसंग कारोबार शुरु गरेको भएपनि औपचारिक रुपमा भने आजबाट मात्रै सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । संस्थाको दमक सेवा केन्द्र मातहतमा एक हजार भन्दा बढी सदस्य रहेका जनाइएको छ ।
संस्थाले नियमित बचत तथा ऋणको कारोबारलाई अघि बढाउँदै सुदर्शन शेयर सदस्य कल्याणकारी योजना ल्याइएको संस्थाका अध्यक्ष गोपाल भट्टराईले बताए । सो योजना अन्तर्गत शेयर सदस्यहरुका लागि सन्तान प्राप्ती खुशीयाली योजनामा एक हजार, प्राकृतिक प्रकोप राहत योजनामा २० हजार, शल्यक्रिया राहत योजनामा ७ हजार, अङगभङग राहत योजनामा २ लाख, अशक्त राहत योजनामा २५ हजार, स्वास्थ्य सुधार योजनामा एक लाख, छात्रवृत्ति योजनामा १० हजार र मृतक राहत योजनामा ४५ हजार सम्मको काजक्रिया खर्च प्रदान गर्ने स्किमहरु ल्याइएको कार्यकारी प्रमुख थरेन पौडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय