काठमाडौं, नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा १ खर्ब १० अर्ब ८५ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ ।

२०७७ साउन देखि पुस मसान्तसम्मको अवधिमा नेपालले उक्त वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थका अनुसार प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामा अनुदान सहायता ६ अर्ब ८५ करोड २६ लाख (६.१८ प्रतिशत) र सहुलियतपूर्ण ऋण सहायता १ खर्ब ३ अर्ब ९९ करोड (९३.८२ प्रतिशत) रहेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा विभिन्न विकास आयोजना÷कार्यक्रम कार्यान्वयन गर्न २ खर्ब २३ अर्ब बराबरको प्रतिबद्धता प्राप्त भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय